सुनिल चौधरी
झुम्का,बैशाख ९ । रामधुनी वडा नं. १ झुम्कामा प्रत्येक बर्ष बैशाख ९ गते सिरुवामेला लाग्ने गरेको छ । झुम्काको हाटखोला स्थित दुर्गा मन्दिर पुर्व छेउमा सल्हेस देवताको पुजा अर्चना गर्दै मेला लाग्ने गरेको हो ।

भक्तिभाव तथा बिश्वासको आधारमा सल्हेश देवताले घरपरिवारमा सुख शान्ति राखुन भन्दै भाकल चढाउने प्रचलन रहेको पुजारी तथा धामि रक्सु चौधरीले बताए । सो सल्हेश मन्दिरमा मेलाको एकदिन अगाडी देखि पुजा गर्ने नियम रहेको बताए । बैशाख ८ गते राती जाग्राममा बसि भोली बिहानबाट थारु लोक तथा धार्मिक अनुसार पौरानिक गीत गाउदै भजन किर्त गर्ने गरेका छन् । मेलाको दिन बिहानै देखि थारु संस्कारमा रहेको झाईल र मृदङ्ग बजाउदै सल्हेशकै पौराणिक गीत गाउने प्रचलन रहेको छ ।

त्यसैगरी झुम्कामै बैशाख १३ गते डाकिन देविको पुजा अर्चना गर्दै डाकिन थान सिरुवा मेला लाग्ने गरेको छ । सो डाकिन थानमा धामि रक्सु चौधरीलेनै पुजागर्ने गरेका छन् । यस थानमा भाकल अनुसार पानपर्सादि चडाईने गरेको छ । त्यसैगरी धामि चौधरी बैशाख १ गते पञ्चाहयन मेलामा समेत पुजा गर्ने जिम्मेवारी लिएका छन् । जलकुमैन देवतालाई पुजा अर्चना गर्दै मेला लाग्ने गरेको छ ।

Image may contain: 1 person, plant
Image may contain: 1 person, outdoor and indoor
Image may contain: 1 person, smiling, standing and outdoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen