सुनिल चौधरी
झुम्का,बैशाख ७ । बिहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाएको छ । यसै क्रम्मा रामधुनी नगरपालिकाको परिसरमा बालबालिकालाई भिटामिन “ए” खुवाएका छन् । ६ महिना देखि ५ बर्षका बालबालिकालाई वडा नं. १ का १ सय ५० जना बालबालिकालाई खुवाएको महिला स्वस्थ्य सेविका उमा कोइरालाले बताईन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत बैशाख ६ र ७ गते रामधुनी नगरका करिब ५ हजार बालबालिकालाई खुवाएको झुम्का स्वथ्य चौकीका प्रमुख प्रशुराम साहले बताए । त्यसैगरी १ बर्ष भन्दा माथि ५ बर्ष सम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाएको शाहले बताएका छन् । बाल मृत्युदर घटाउने मुख्य उद्देश्यले सञ्चालित कार्यक्रम रामधुनीमा प्रभावकारी रुपमा खुवाउदै आएका छन् ।
भिटामिन ए को कमीका कारण लाग्ने रोगको रोकथामका लागि सरकारले २०५० सालदेखि नियमित रुपमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । देशका सबै ठाउँका बालबालिबालाई औषधि खुवाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई खटाईएको थियो ।
भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्धोे, कुपोषण, दीर्घकालिन झाडापखाला, दादुरा लगायतका रोग लाग्नबाट बच्न यो भिटामिनको महत्वबारे स्वथ्यचौकीका ईन्चार्ज शाहले बताएका छन् ।
