सुनिल चौधरी
झुम्का,बैशाख ५ । सुनसरीमा नयाँ बर्षको आगमन संगै सिरुवा मेलापनि सुरु भएको छ । चैत्र ३० गते जहदा मेलाबाटनै सुरुभएको मेला बैशाखमा प्रत्येक दिन मेलालाग्ने गरेको छ । धार्मिक र परम्परागत रुपमा मनाउदै आएको ईनरुवा ८ कंसमरानमा बैशाख ५ गते सिरुवामेला लागेका हुन् ।
थारु समुदायको अगुवाईमा सो लाटीमाई थानमा धेरै पहिले देखिनै मनाउदै आएका छन् । भाकल अनुसार प्रत्येक बर्ष बैशाख ५ गते मेला लागाई चढाउने गर्दछ । घरपरिवारमा सुख सान्तिको कामना,अदृश्य शक्तिबाट बच्न,गाउँघर अनिष्टबाट बच्न लगायतको कामना गदै भाकल पुरा भएपछि सो मन्दिरमा बलिदिने चलन रहेको छ ।बिशेषगरी,बोका,परेवा, फुलघोडा, माटोका हात्तिघोडा,पानसुपारी चढाउने गरेको छ ।

यस देवस्थानमा भाकल गरेअनुसार धेरैको मनोकामना पुरा भएअनुसार बर्षेनी एक सय देखि डेढ सयसम्म बलि चढने गरेको पुजारी तथा धामी ९४ बर्षिय रक्सु चौधरीले बताए । मन्दिर बाहिर रहेको खम्बामा सुंगुर समेतको बलिदिने गरेको धामी चौधरीले बताए । मन्दिर भित्र रहेको लाटीमाई र राजाजी देवताको वास रहेको छ भने बाहिर खम्बामा लाटीमाईका पिता कनसरदार देवताको वास रहेको छ । त्यसैले बाहिर खम्बामा कनसरदार देवतालाई सुंगुरको बलि दिने गरेको छ भने मन्दिर नजिकै परेवा र बोकाको बलिदिनेको गरेको छ ।

त्याहा एकजनाको मनोकामना पुरा भएर लाटीमाईको मुर्तिनै दानगरेको स्थानिय टेटन चौधरीले बताएका छन् । दानदिने दाताको पदउन्नतीहुदा खुसि हुदै करिब एकलाखको लाटीमाईको आकर्षक मुर्ति दान गरिएको स्थानिय चौधरीले बताए ।

मन्दिरमा थारु समुदायका ब्यक्तिले पाचौँ पुस्तादेखिनै त्याहा पुजा गर्दै आएको जानकारहरुले बताउछन् । धामि रक्सु चौधरी हाल पुजा गर्दै आएको छ । उन्को बुवा सोनालाल चौधरी पुजा गर्दै आएको हो यसरी पाचौ पुस्ता भन्दा पहिले देखिनै पुजा अर्चना गर्दै आएको स्थानियहरुले बताएका छन् । परापुर्वकालबाटनै थारुहरु गाउँ,समाज,परिवारमा रोग ब्याधि,अनिष्ट हुनथाले यसरीनै देवस्थान बनाई पुजा गर्दै आएको ईतिहासले देखाउदै आएको थारु समुदायका जेष्ठनागरीकहरुको भनाई रहेको छ ।

Image may contain: 1 person, outdoor
Image may contain: 1 person, outdoor
Image may contain: 8 people, crowd

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen