सुनिल चौधरी
झुम्का,बैशाख ३ । रामधुनी नगरपालिकामा पुर्ण सरसफाई गतिलिदै उन्मुख टोल गोषणा कार्यक्रम भईरहेको छ । स्थानिय चुनावलेगर्दा गतिबिधिमा धमिलिएको भएपनि अहिले टोल बिकास संस्थाहरुमा अनुगमन,अभिमुखिकरण र घोषणा हुने क्रम भईरहेको छ ।
वडा नं. २ मा सोमवार तिनवटा टोलबिकास पुर्ण सरसफाई वातावरण मैत्रि उन्मुख टोल घोषणा नगर उपप्रमुख सबिना चौधरीको प्रमुख आत्थ्यितामा भएको छ । सो वडाका शिव मन्दिर,मुन्नीबाबा,पुर्वटोल कुम्याहि टोल बिकासका अध्यक्षहरु क्रमश कानन,राजकुमार र बिष्णुलाल चौधरीलाई सरसफाई टोल भएको प्रमाण पत्र हस्तान्तरण गर्दै घोषणा गरेका हुन् । तिनवटै टोलबिकासका १ सय ५५ सबै धरधुरीमा सौचलय रहेका छन् भने टोलवासीहरुले पुर्ण सरसफाईका सुचकहरु ब्यवहारमा लागुगरेकाले अनुगमन पश्चात घोषणा गरेको नगर सरसफाई संयोजक रबिन ठाकुरले बताए ।
घोषणा कार्यक्रमबाट जेष्ठनागरीक छत्री देवि थरुनी,रामपुजन शाह,अच्छाई चौधरी,मौलि देवि थरुनी,केलिलाल र पुर्णि चौधरीलाई नगर उप प्रमुखले दो सल्लाले सम्मान गरेका हुन् । वडामा २२ टोल संस्था मध्ये ११ वटा घोषणा भएको वडा अध्यक्ष रामनारायण चौधरीले बताउदै अरुटोलहरुलाई क्रमिक रुपमा घोषणा गदै लौजाने बताए । नगरमै १ सय १३ टोल बिकास छन् ४६ वटा भै सकेको सामाजिक बिकास प्रमुख हर्षलाल चौधरीले जानकारी दिदै घोषणाको प्रत्रृmयामा वडा २,५ रहेका छन् भने वडा ७ बक्लौरीका टोल बिकासमा प्रारम्भिक चरणको टोल तथा बिध्यालय स्तरीय अभिमुखिकरण भैरहेको बताए । सो घोषणा कार्यक्रममा समाजसेवि संकरलाल चौधरी,हरीनारायण चौधरी,शिक्षक नाथुराम चौधरी,वडा सरसफाई संयोजक वासदेव कट्टेलले शुभकामना मन्तबय राखेका थिए ।


