सुनिल चौधरी
झुम्का,बैशाख ३ । पुर्वमा बैशाख १ गते बाट सुरुहुने सिरुवामेला धार्मिक आस्थाले मनाउदै आएका देवस्थानहरुमा मेला लागेका छन् । मेलामा बिशेष धार्मिक मठ, मन्दिर, ग्राम थानमा भाकल चढाउन भिडलाग्ने गरेको । सबै ठाउँको आफनै महत्वबोकेका देव स्थानहरुमा भाकल दिने तथा पुजाअर्चना गर्ने गर्छन् ।

प्रत्येक बर्ष बैशाख २ गते ईनरुवा ७ स्थित रहेको डोडा मेला यसबर्ष पनि भंसियामाई र दगरीन थानमा भाकल दिदै मेला सम्पन्न भएको छ । मेला भर्न आएकाहरुले तुमीलहरनी,बोका,पाठी,परेवा,फुलघोडा,पान सुपारी चढाउदै दर्शन गर्नेहरुको भिड लागेको थियो । मनोकामना पुर्ण भएपछि बर्षेनी सोहि दिन भाकल दिने गरेको भंसियामाई मन्दिरमा पुजा गर्दै आएका धामि मदन राजधामिले बताए ।

साबिक चाँदवेला १ हाल ईनरुवा नगरपालिकाको वडा नं. ७ का डोडा टोलको उतरमा भंसियामाई मन्दिर रहेको छ । यस मन्दिरमा आर्थिकलाभ,सन्तान प्राप्ति,बालबच्चा शुस्वथ्य दिर्घायु लगायत बर्षै भरी लगाएको अन्नबालि सप्रियोसको कामना गर्दै भाकल गर्ने गरेको थानका अगुवा धनलाल खाँले बताए । पौराणिक मान्यता अनुसार मन्दिरको छेउमै रहेको भंसिया पोखरीमा भंसिया देवीले आस्था मान्नेहरुलाई सुन,चाँदिका भाडाकुडाहरु दिनेगरेको थियो भन्ने कथनहरु रहेको स्थानिय कालुराम चौधरीले बताए ।

त्यसैगरी तुमि लहरनी चढाई मन्नतमागन्ने दगरीन थान डोडाटोल स्थित दक्षिणमा रहेको छ । बालबच्चा सहज र स्वस्थयसंगले जन्म प्राप्तिको कामना गर्ने गर्दछ । पहिले अस्पतालहरु नहुदा घरमै बच्चा जन्माउने परम्परा हुनाले आमा र बच्चा दुवैलाई कुशलताको कामना गर्ने प्रचन आएको थान पति अनुमा मोचिले बताए । अहिलेपनि आमा र बच्चालाई शुस्वथ्यकोे कामना गर्दै त्याहा तुमिलहरनीका साथै परेवा,पाठि,बोका चढाउने भक्तजनहरु बढ्दै गईरहेको स्थानियहरुले बताएका छन् ।

Image may contain: 3 people, people eating, people sitting and food

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen