सुनिल चौधरी
झुम्का,बैशाख १ । थारु कानुन ब्यवसायी सभा जिल्ला कार्यसमिति सुनसरी र मोरंगको संयुक्त आयोजनामा भएको कार्यक्रमबाट सुनसरीका वरिष्ठ अधिवक्ता हेमनारायण चौधरीलाई सम्मान गरेका छन् । नव बर्ष २०७५ सालको अवसरमा सनिवार कानुन ब्यवसायी सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरीको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान गर्दै नेपाल बार एशोसिएशनमा आबद्ध भई चौधरी बरिष्ठ अधिवक्ताको रुपमा घोषितहुदा थारुकै शिर उच्च राखेको प्रति थारु कानुन ब्यवसायीहरु भेला भएर सम्मान गरेका हुन् ।

सुनसरी र मोरंगका अधिवक्ताहरुको उपस्थितीमा फर्वाड बित्तिय संस्थाको दिनेस स्मृति सभाहल दुहबीमा भएको सो कार्यक्रममा बरिष्ठ अधिवक्ता चौधरीलाई प्रमुख अतिथी रामराज चौधरीले दोसल्लाह ओढाई सम्मान गरेका हुन् । सम्मान गर्दै कानुन ब्यवसायी सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरीले बोल्दै थारु कानुन ब्यवसायीहरुलाई पनि बिभेद गरेको बताएका छन् । बार एशोसिएशनमा थारुहरुको प्रतिनिधि नरहेकाले आरक्षणको ब्यवस्थागरी अनिवार्य रुपमा उपस्थिती गराउनु पर्ने अधिवक्ता चौधरीले बताएका छन् । त्यसैगरी उन्ले अहिलेको नेपालको संबिधान आदिवासी मैत्रि हुन नसकेको भन्दै संसोधनबाट पहिचान संरक्षणहुने नितिनियम ल्याउनु पर्ने बताएका छन्् । उदाहरण दिदै प्रदेश एक देखि सात सम्मको कुनै प्रदेशमा थारु मुख्य मन्त्रि बन्न नसक्ने अवस्था ल्याएर थारुलाईनै समाप्त पार्ने खेल भएकाले संबिधान संसोधनको आवश्यक्ता रहेको कानुन ब्यवसायी रामराज चौधरीले बिचार ब्यक्त गरेका हुन् । संसोधन प्रक्रृया त्यतीकै सहज ढंगले नहुने चौधरीले बताएका छन् । जायज माग राखि थारुहरुले गरेको आन्दोलनमा गोली ठोक्ने,झुठा मुद्धा लगाएर जेलहाल्न सम्मको कार्यप्रतिलाई स्मरण गरादै थारु संघ,सगठन र समुदाय जागरुक्ताका साथ लागे संसोधन गर्न बाध्यपार्ने धारणा चौधरीले ब्यक्त गरेका छन् ।

कार्यक्रममा सम्मानित भएका बरिष्ठ अधिबक्ता हेमनारायण चौधरीले अधिवक्ता पेशामा लाग्न थारु समुदायलाई आनुरोध गरेका छन् । समुदायमा यसको अनभिज्ञताले डर उत्पन्न भएर अगाडि बढन नसकेको बताएका छन् । त्यसैगरी थारु समुदायको समृद्धकालागी सामाजिक बिकृतिहरु अन्त्य हुनुपर्ने बताए । बिवाहमा बसका बस,ट्याक्टरका ट्याक्टर जन्तिजाने प्रक्रृया थारु समाजमा प्रतिष्प्रधा नै भईरहेकाले यसलाई न्युनिकरणगरी बिकास काममा लाग्न समेत सुझाव दिएका छन् ।

शुभकामना आदान प्रदान गर्दै अधिवक्ताहरु बिशेष अधिकार पहिचानको मुद्धामा अगाडि बढ्न सम्पुर्ण थारु कानुन ब्यवसायी एक जुट हुन आवश्यक रहेकोमा जोड दिएका छन् । सभा जिल्ला अध्यक्ष अजय चौधरीको सभापतित्वमा सो कार्यक्रममा थाकस केन्द्रिय सल्लाहकार मिलिराम चौधरी,जिल्ला सह सचिव शुरेन्द्र चौधरी,थारु महिला सभा जिल्ला अध्यक्ष शुसिला चौधरी,जेष्ठ अधिवक्ता हरीनारायण चौधरी,समपतलाल चौधरी किशोर कुमार चौधरी,अचलराम चौधरी,ईश्वरचनद चौधरी,जनकलाल माझि,मनोजकुमार थनदार,दुलिचन्द चौधरी,दिनेस चौधरी लगायतका अधिवत्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

Image may contain: 1 person, sitting, standing, suit and indoor
  

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen