सुनिल चौधरी
झुम्का,चैत्र २८ । नेपाली थारु समुदायले परमपरागत रुपमा मनाउदै आएकोे जुडशितल र शिरुवा पर्वलाई राज्यको संरक्षणमा प्रवद्र्धन हुनुपर्ने शन्देस दिनकालागी थारु महिला सभा जिल्ला कार्यसमिति सुनसरीले सदरमुकाम केन्द्रित जुरशितल र शिरुवा पर्व मनाउने भएको छ ।

दोस्रो अधिवेशनले सुसिला चौधरीको अध्यक्षतामा सर्वसहमत रुपले चयन भएको नयाँ कार्य समितिले आफनो पहिलो कार्यक्रम ईनरुवाबाट सुरु गर्दै जुडशितल र शिरुवा पर्व यस बर्ष थारु अधिकार पहिचानको मुद्धामा सफलताको कामना गर्दै मनाउने तयारी भै सकेको बुधवार झुम्का स्थित थाकस जिल्ला भवनमा पत्रकार सम्मेल गर्दै सभा अध्यक्ष सुसिला चौधरीले जानकारी दिएकी छन् । कार्यक्रम चैत्र ३० गते सुक्रवार ईनरुवा उधोगबाणिज्य संघको सभाहलमा बिहान ८ बजेबाट एकआपसमा पानि छर्किएर मनाउने जानकारी दिएका हुन् । पर्व मनाउने निर्णय जिल्लाको पहिलो बैठक चैत्र १५ गते बुधवारनै गरेका थिए ।

सुनसरी सदरमुकाममा थारुमहिलाहरुको जागरुक्ताकालागी यो कार्यक्रम ईनरुवामैगर्न लागेको अध्यक्ष चौधरीले बताएकीछन् । गाउँ गाउँका महिलाहरु नेतृत्व बिकास र महिला अधिकार सुरक्षितकालागी समेत बिभिन्न गाउँ नगरमा चेतनामुलक कार्यक्रम लिएर जाने योजना रहेको जानकारी दिएकीछन् । दोस्रो पटक सभा जिल्लाको नेतृत्वमा सर्वसहमतिले जिम्मेवारी पाएकी अध्यक्ष सुसिला चौधरी महिला सभालाई बृहत बनाउनकालागी सुनसरीमा महत्वपुर्ण भुमिका खेल्दै आएकीछन् । हाल ७ भन्दाबढि स्थानिय तहमा चौधरीकै अध्यक्षतामा गाउँ नगर वडा गठनगरी पहिचान अधिकारको सवालमा बृहतर रुपमा मुद्धा उठान गर्दै आएको छ भने कलासंस्कृति,भेषभुषा संरक्षण गर्दै आएको छ ।

पत्रकार भेटघाटमा उपस्थित भएका थाकस केन्द्रिय सल्लाहकार तथा थारु कानुन ब्यवसायी सभाका केन्द्रिय अधयक्ष रामराज चौधरीले जुरशितलको महत्वबारे बोल्दै थारु समुदाय अधिकारकालागी गरेको आन्दोल राज्यले गरेको उपेक्षाबाट समपुर्ण थारु मर्माहत र दुःखि भएको भन्दै आन्दोलनका क्रम्म सहिद भए कयौ थारुहरु राजबन्दि भई जेलजिवन बिताईरहेकोहुदा उनीहरुले गरेको संघर्षको साकारकालागी एकताको जरुरीरहेको आवश्यक्ता औल्याएका छन् । जुरशितल पर्वको अवसरमा समग्र नेपाली आदिवासीहरुको अधिकार सुनुवाईकालागी राज्यलाई समेत शन्देस र दवाब दिन यो बर्ष अधिकार मुखिको रुपमा महिलाहरुले पर्व मनाउन गईरहेको रामराज चौधरीले बताएका छन् ।

सदियौ देखि थारु समुदायले बिशुद्ध रुपमा मनाउदै आएको जुरशितल पर्व भुमिपुत्र थारुहरु बर्षभरी सितलताको अनुभव गर्न बिशेष उधेश्यले मनाउने गरेको जानकारी थाकस केन्द्रिय पार्षद केशिलाल चौधरीले जानकारी दिएका छन् । सबै कामकाजगरी यो समय थारुहरु फुर्सिदिला भएकाले धार्मिक आस्थाले स्थापित शिराथानमा आगामी बर्षमा उब्जनी बढ्ने,बालबच्चामा कुनै रोगनलागोसको कामना गर्दै दर्शन गर्ने उधेश्यले बैशाखमा मेलाको प्रचलन आएको पार्षद चौधरीले बताए । थारु भाषाको मिलन शब्दले मेला भएको समेत पार्षद चौधरीले बताए । थारुहरु मेलामा जिवनसाथी रोजने प्रचलन रहेको समेत जानकारहरुले बताउछन् । केटा पक्ष वा केटि पक्षले हेरेर मेलामै मनपराई पछि बिहेको छिनोफानो हुने गर्दथ्यो थारु जेष्ठहरुको भनाई रहेको छ । त्यसैले यो मिलनको रुपमा रहेर शब्द अपभ्रम्स भएर मेला भएको जानकारी दिएका हुन् ।

जिल्ला सल्लाहकार रामकुमारी चौधरीले जुडशितलको उधेश्य र महत्वबताउदै ठुलाले सानालाई शिरमा र सानाले ठुलाबडालाई पाउँमा पानि छर्किदा स्वथ्यलाभ हुने धार्मिक मानयता रहेको बताएकी छिन् । घरपरिवारमा कुनै किसिमको अनिष्ट नहोस बालबच्चालाई रोगब्याधी,हैजा,फौती, नलागोस भनेर कामना गर्दै यो पर्व मनाउने प्रचलन एैतिहासिक रुपमै चलिआएको चौधरीले बताएकी छन् ।
जिल्ला सचिव सुसिला लेखिले जुरशितल संस्कारीक पर्व भएकाले यसलाई सबैले एकजुट भएर उपलब्धि मुलकरुपमा मनाउन बताएकी छन् । संस्कार सबैले एकजुट भएर मनाउन सके अधिकार स्थापित गर्न थप बलपुग्ने सचिव चौधरीले बताईन् ।

कार्यक्रममा पत्रकारहरुले थारु महिला सभा जिल्लामै दुईटा गठनहुनु,उत्थान समाज पनि हुनु यो प्रश्नमा थाकस केन्द्रिय पार्षद केशिलाल चौधरीले थाकसको २०६६ सालको संसोधित बिधान अनुसार शुसिला चौधरीको नेतृत्वमा गठन भएको भन्दैे सामानान्तर भनिने अर्को गठन भएका सभा २०६३ बिधानलाई मानेर गठन भएको दाबी गरेका छन् । २०६३ को बिधानमा महिला संगठन सम्बन्धि कुनै उल्लेखनै नभएको जानकारी दिदै २०६६ सालको संसोधित बिधानमा महिला संगठनको बारेमा उल्लेख भएकाले शुसिला चौधरीको नेतृत्वमा गठन भएको बैधानिक रहेको र २०६३ सालको बिधान टेकेर सामानान्तर भनेर गठन गरीएको अर्को सभा कुनै मान्यता नरहने पार्षद चौधरीले बताएका हुन् ।

त्यसैगरी अध्यक्ष चौधरीले थारु महिला उत्थान समाज रामधुनी गठनहुनु महिला नेतृत्वको बिकास भएको बताउदै थारु संस्कार संस्कृतिकै उतथानकालागी गठन भएकाले हामि सबै थारुहरु खुसि भएको बताईन् । यसले महिला अधिकारकालागी थप बलपुगेको समेत बताईन् । तर सामानान्तर भनेर महिला सभा भित्रै अर्को सभा गठनहुनु समग्र थारुहरुनै दुःखित भएको बताईन् । यस फुटाफुटले अब हामि फेरी ५० बर्ष पछि धकेलिने सोचको जन्म लिएको बताएकी छन् । अहिलेको अवस्थामा एक जुटहुनु आवश्यक्ता रहेकाले कुनै रिसराग नराखि मिलेर अगाडी बढन् बिचार ब्यक्त गरेकी छन् ।

Image may contain: 5 people, including Sushila Chaudhary and Ramraj Chaudhary, people smiling, people standing, people dancing and wedding

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen