झुम्का, चैत्र २८ ।
कामक्ष विद्यामन्दिर मधैलीले बुधबार आफ्नो १०औं वार्षिक उत्सव तथा दोश्रो अभिभावक दिवश भव्यताकासाथ सम्पन्न गरेको छ । गढिगाउँपालिका १ मा अवस्थित कामक्ष विद्यामन्दिर वि. सं. २०६४ सालमा स्थापित भई क्रमिकरुपमा पठन पाठनको गुणस्तरलाई विकास गर्दै हाल कक्षा १० सम्म पढाई भईरहेको छ । पढाईको गुणस्तर सँगै विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा समेत प्रभावकारी रहेको उक्त विद्यालयले आजको कार्यक्रममा विविध विद्यामा उत्कृष्ट भएका तथा २०७३ सालको एस इ इ परिक्षामा ए ग्रेड ल्याउन सफल विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।    

 

संस्थापक शेयर सदस्य रत्नदिप चौधरीको सभापतित्वमा सम्पन्न सो समारोहको प्रमुख अतिथि गढि गाउँपालिका १ का वडाध्यक्ष शंकर चौधरी, विशेष अतिथि, मज्दुर किसान मा विका भूपू प्रधानाध्यापक प्रशुराम चौधरी, अतिथिहरु, राजेन्द्र चौधरी, भरत नारायण दास थारु, प्रदिप चौधरी लगाएतको उपस्थितिमा सम्पन्न भएको थियो । उत्कृष्ट विद्यार्थीहरुमा सर्वोत्कृष्ट विद्यार्थी स्वर्गीय भाग्य नारायण चौधरीका सुपुत्र कक्षा ५ “ए” का ९७.४ प्रतिशत अङ्क सहित प्रथम स्थान ल्याउन सफल र विद्यालय टप, सत्यदिप चौधरीलाई पुरस्कृत गरिएको छ । त्यसैगरी कक्षा ७ की ९३.४ प्रतिशत अङ्क सहित कक्षा टप गर्ने छात्रा अस्मिता चौधरी, कक्षा ४ की रेजिना चौधरी, कक्षा ५ “वी” का निशान्त ठाकुर, कक्षा ६ ए की शुभ लक्ष्मि चौधरी, कक्षा ६ “वी” का रोशन चौधरी, र कक्षा ९ की अमिशा चौधरीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । एस इ इ मा “ए” ग्रेड ल्याउन सफल निरज कुमार चौधरी र निराजन चौधरी लाई पनि मायाको चिनो सिल्भर मेडल प्रदान गरेको छ । त्यसतै अतिरिक्त क्रियाकलाप अन्तर्गतका विद्यार्थीहरुलाई कपि पेन्सील तथा डायरी पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण प्रमुख अतिथि विशेष अतिथि तथा सभापतिले गरेका थिए । अभिभावकहरुको वृहत उपस्थिति तथा विद्यार्थीहरुको पुर्ण सहभागितामा विद्यार्थीहरुमा अन्तर निहित प्रतिभालाई समेत प्रस्फोटन गराई कार्यक्रम भव्यताकासाथ सम्मन्न गर्न पाउँदा विद्यालयका प्रिन्सीपल देवानन्द चौधरीले गौरव र खुशी व्यक्त गर्नुभएको छ । अतिथिहरुले मन्तव्य राख्दै गाउँ गाउँमा विकासका लागि गाउँ स्तरमै सुविद्या सम्पन्न शिक्षा, स्वस्थ्य, तथा रोजगारको आवश्यक भएकोले, अभिभावकहरुलाई आफ्ना नानीहरुको भविष्यप्रति सजग गराएका थिए । “हामी राम्रो शिक्षा भनेर छोराछोरी लाई शहर पठाउछौं तर अन्त्यमा खर्चको भार बढन गइ बालबालीकाको पढाइ पनि प्रभावित हुने र गाउँमै ठिक थियो भनेर पछुताउछौं ”, पछि पछुताउनु भन्दा वेलैमा विचार गरेर स्थानिय विद्यालयमा पठन पाठन गर्न गराउन विशेष अतिथि प्रशुराम चौधरीले सुझाव दिएका थिए । यसका साथै विद्यार्थी लाई प्रत्यक्ष निगरानीमा राखेर पढाउन समेत सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen