सुनिल चौधरी
झुम्का,चैत्र २७ । सरकारले नेपालीलाई कृषिमा आत्मनिर्भर बनाउ सारेको योजना प्रभावकारी बनाउन वास्तविक किसानको पहिचान हुनुपर्ने माननिय कृषि भुमि ब्यवस्थापन तथा सहकारी राज्यमन्त्रि रामकुमारी चौधरीले धारणा ब्यक्त गर्नु भएको छ । नेपाल कृषि प्रधान देश रहेकाले राज्यलाई समृद्धबाटो तर्फ लान कृषिलाई प्राथमीक्तामाराखेर प्रभावकारी बनाउन किसान बर्गीकरण आवश्यक्ता रहेको किसान आयोगको आयोजनामा भएको अन्तरकृयामा बोल्दै चौधरीले बताउनु भएको हो ।
काठमाण्डौको हरिहरभवनमा चैत्र २५ र २६ गते किसानसंग सरोकार राख्ने,संघसंस्था तथा बिमासंग सम्बन्धित प्रतिनिधिहरुको सहभागीतामा भएको अन्तरकृयामा किसान बर्गीकरण नहुदा वास्तविक किसान पछाडी परेको बताउनु भयो । हुने खानेहरुको नाममा जग्गा रहेकाले उनीहरुनै किसान कहलाउने भएकाले जो खेतमा श्रमगरी उत्पादन गर्छन उनीहरुको बिशेष पहिचानगरी राज्यले दिएको सुबिधाहरु उपभोगमा ल्याउनुगर्नु पर्ने राज्य मन्त्रि चौधरीले बताउनु भयो । अगुवा किसानहरु अहिलेपनि राज्यले दिएको सुबिधा उपभोगबाट बञ्चित रहेको बताउदै अर्काको जग्गामा कमाई गर्ने किसान,मोहि किसान,साना किसान, मध्यम र ठुला किसानगरी बर्गीकरणको आवश्यक्ता रहेको बताउनु भयो ।
त्यसैगरी बालीनालीको पनि बिमा प्रतिशत अनुदान तथा क्षतिपुर्ति दिनुपर्ने योजना ल्याई किसानलाई सहयोग गर्नु पर्ने राज्य मन्त्रि चौधरीले धराणा ब्यक्त गर्नु भयो । जग्गा पल्टिङ्गले उत्पादन दिनप्रतिदिन घट्दै गईरहेकाले खाली जग्गालाई स्थानिय तहबाट अरु जग्गाको तुलनामा बढिकरको दायरामा ल्याउने ब्यवस्था गर्ने समेत उहाँले बताउनु भयो ।
