सुनिल चौधरी
झुम्का,चैत्र २५ । संघिय संरचना अनुसार सरकारको तिनै तहको चुनाव सम्पन्न पछि पहिलो अभ्यास गर्दै पत्रकार महासँघले पनि आपनो प्रदेश समिति गठनकालागी बैशाख २२ गर्ने निर्वाचनको मिति तय गरेको छ । सात वटै प्रदेशको प्रत्येक जिल्लामा हुने निर्वाचन अनुसार शाखा सुनसरीले जिल्लामा हुने निर्वाचन तयारीकालागी आईतवार धरान स्थित आफनै भवनमा जिल्ला कार्यसमितिको बसेको बैठकले ३ सदस्य समिति रहनेगरी निर्वाचन समिति गठन गरेका हुन् ।

प्रदेश कार्यसमिति निर्वाचन (कार्यबिधि) निर्दैशिका २०७४ अनुसार पदिय बिभाजन गर्दै समितिको संयोजकमा बरिष्ठ पत्रकार कृष्ण अधिकारी,सदस्यहरुमा अवईन्द्र निरौला र गंगा बराल रहनेगरी निर्णय गरीएको छ । प्रदेश निर्वाचनकालागि सबै शाखाहरुमा शाखा कार्यसमितिको बैठकबाट निर्वाचन समिति गठन गरिने प्रावधानले मुख्य निर्वाचन अधिकृतकालागी महासंघको सदस्य रहेको वरिष्ठ पत्रकार १जना,निर्वाचन अधिकृतमा जिल्ला बार अध्यक्ष वा निजले तोकेको प्रतिनिधि १ जना र निर्वाचन अधिकृतमा महासंघको सदस्य रहेको पत्रकार महिला १ जना रहनेगरी निदैशिकाले भनेअनुसार गठन गरेको शाखा सुनसरीका अध्यक्ष अमर खडकाले बताए ।

शाखा सुनसरीले निर्वाचन सुनसरीको ईटहरीमा गर्नेे निर्णय पारित गरीएको छ । महासँघको केन्द्रिय निदैर्शिका अनुसार प्रदेशका सबै साधारण सदस्यहरु प्रदेश कार्यसमितिको निर्वाचनमा मतदाताहुने छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen