रामधुनी संरक्षित वन परिषदको शनिबार तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । वन परिषद द्धारा विगत का आर्थिक वर्षमा भए गरेका कार्यहरुको समिक्षा सहितको भावी कार्ययोजनालाई अनुमोदन तथा पारित गराउने उद्धेश्यका साथ आर्थिक वर्ष २०७३, ०७४ को वार्षिक आय व्ययको प्रतिवेदन प्रस्तुत गर्दै अवका दिनमा पँच वर्षे योजना अन्तर्गत विभिध शिर्षकमा खर्च गर्ने योजना प्रस्तुत गरिएको थियो । रामधुनी संरक्षित वन परिषद गठन गरिए यता मन्दिर संरक्षण, वन पैदावर वृद्धि तथा साज वृक्षारोपन हरिण पालन, गाई पालन तथा पाटि पौवाको संरणका विविध कार्य भएको जनाईएको छ ।

परिषदका अध्यक्ष डिल्लीराम कार्कीको सभापतित्वमा सम्पन्न सो साधारण सभा कार्यक्रमको प्र. अतिथि रामधुनी नगर प्रमुख जयप्रकास चौधरी हुनुहुन्थ्यो । त्यसैगरि वन परिषदका पदाधिकारी, १० वटा सामुदायीक वन उपभोक्ता समितीका पदाधिकारी जन प्रतिनिधिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।   अध्यक्ष कार्कीले रामधुनी वन, वन मात्र नभई ऐतिहासिक धरोहर रहेकोले यसको संरक्षण र पर्यटकिय क्षेत्रको रुपमा विकासमा जोड दिदै सम्पुण परिषदका साथिहरु, सामुदायीक वन उपभोक्ता समिति तथा जन समुदायमा साथ र सहयोगको अपेक्षा समेत गर्नु भएको छ । रामधुनीको विकासको लागि आफु व्यक्तिगतरुपले पनि बजेट भित्राएको र वन संरक्षण तथा मन्दिर परिषदको विकासकालागि केन्द्र र प्रदेश सरकारसँग पनि समन्वय गरेर जाने बताउनुभयो । धार्मिक ईतिहाँस बोकेका यस रामधुनीमा नेपालका मात्र नभई भारतका भक्तजन तथा पर्यटकहरु लाभान्वित भएको बताउदै सम्पुर्ण पक्षहरु सवलरुपमा वन पैदावर संरक्षन गर्ने, गाई वस्तु चरिचराउ नियन्त्रण, घाँस दाउरा तथा काठ चोरि निकासीमा निगरानी गरेमा यस क्षेत्रको विकासमा कसैसँग हार गुहार गर्न नपर्ने कुरामा समेत कार्कीले ध्यान आकर्षण गराउनुभएको थियो । रामधुनीको पर्यटकिय विकासका लागि मेडियाको पनि महत्वपुर्ण भुमिका रहेकोले उहाँले विभिन्न परिषदका गतिविधिहरुमा पत्र पत्रिका तथा रेडियो हरुलाई सुचना सम्प्रेसन गरेको तथा रामधुनीको एतिहासिकतालाई प्रस्फोटनहेतु पुस्तक समेत प्रकाशन गरेको जानकारी गराउनुभयो ।

माकार्यक्रम संचालन परिषदका सचिव जनक सुब्बाले गर्नुभएको थियो भने उपस्थित महानुभावहरुलाई स्वागत परिषदका उपाध्यक्ष अशोक चौधरीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen