निर्धन ग्रामिण बचत तथा ऋण सहकारी संस्थाको आयोजना र रामधुनी न. पा. को आर्थिक सहयोगमा झुम्कामा शुक्रबारबाट ५ दिने तालिम संचालन भएको छ । सहकारी र सहकारी कर्मीहरुको क्षमत्ता अभिवृद्धि गर्ने उदेश्यले सहकारी संस्थाको व्यवसायिक विकास तथा योजना निर्माण सम्बन्धि तालिम आयोजना गरिएको हो । रामधुनी वडा नं. १ अन्तर्गतका सहकारीहरुलाई सहभागी गरि संचालित उक्त तालिममा वडा नंं. १का प्रत्येक सहकारीका व्यवस्थापक तथा अध्यक्षको क्षमता वृद्धिलाई लक्षित गरिएको हो । जेष्ठ नागरिकको भवनमा संचालित उक्त तालिमको पहिलो दिन शुक्रबार उदघाटन गरिएको हो । उदघाटन कार्यक्रम सहकारी कर्मी तालिम संयोजक प्रित नारायण चौधरीको सभापतित्वमा रामधुनी न पा वडा नं. १ वडाध्यक्ष महेश कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । चैत्र २७ गते सम्म संचालन हुने उक्त तालिममा २५ जना सहकारी कर्मीहरुको सहभागिता रहेको थियो ।
यस अघि पनि वडा नं. १कै सहयोगमा विभिन्न विकासका कार्यक्रमहरु, महिला लक्षित सहकारी तालिमहरु संचालन तथा सम्मान पुरस्कार कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen