सुनिल चौधरी
झुम्का,चैत्र १९ । ईटहरी उपमहानगरपालिकाले महिला उद्यमशिलताकालागी बिभिन्न सिप बिकासकालागी योजना अगाडि ल्याईरहदा थारु र मधेशी महिलाहरुले धार्मिक र आकर्षककालागी घरको भित्तामा बनाउने “कोेहबर” लाई प्रवद्र्धनगरीने योजना समेत रहेको बिषयमा रेडियो रामधुनीबाट सामाचार प्रसारणहुदा थारु संघ संगठनहरुले उपलब्धिमुलक योजना भएको भन्दै स्वागत गरेका छन् । पहिचानको रुपमा समेत रहेको “कोेहबर”लाई स्थानिय सरकारले प्राथमीक्तामा राखि यसलाई कलात्मक ढंगले बिकासगरी महिला आत्मनिर्भरको योजना रहेकोमा थारु महिला सभा जिल्ला कार्यसमिति सुनसरी र थारु महिला उत्थान समाज रामधुनी संस्थाले प्रभावकारीको कामना गरेका छन् ।


महिला आत्मनिर्भर बनाउने उद्यम सम्बन्धि योजना ईटहरी उपमहानगरपालिकाले ल्याउने उपमेयर लक्षमी गौतमले बताईन् । “कोेहबर” बनाउने सिप सम्बन्धि ईटहरीका बिभिन्न वडामा तालिमहरु सञ्चाल गर्ने र त्यसबाट उद्यमी बनाउने लक्ष्यरहेको बताएकी छन् । योजनाकालागी अहिले बजेट लगायत अन्य कार्यबिधि बनाउन बाँकी रहेकाले कार्यपालिकाले पासगरेपछि मात्रै सञ्चालनमा आउने उप मेयर गौतमले जानकारी दिएकी छिन् । यसको संयोजकमा थारु महिलालाईनै राखेर तालिम वडा नं. १५ र १६ बाट सुरु गर्ने योजना रहेको गौतमले बताएकी छन् ।
“कोेहबर” बनाउने कला लोप भईरहेकाले यसलाई सबै स्थानियतहरुले प्रवद्र्धनकालागी आफनो योजनामा राख्नु पर्ने थारुमहिला सभा जिल्ला सुनसरीका अध्यक्ष सुसिला चौधरीले बताईन् । ईटहरी निवासि चौधरीले ईटहरीबाटै “कोेहबर” संरक्षण र प्रवद्र्धन सुरु भएकोहुदा जिल्लाकै थारुमहिला उत्साहित भएको बताएकी छिन् । यसलाई ब्यवसायीक्ता दिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनु ठुलो गुण लगाएको सरह हुने चौधरीले बताईन् ।


थारु महिला उत्थान समाज रामधुनीले त, यसलाई प्रवद्र्धन र संरक्षणकालागी संस्थाको लोगोमै अंकित गरीएको छ । “कोेहबर”को संगै सुर्य र चन्द्रको समायोजन हुनेगरी उत्थान समाज रामधुनीले लोगो राखिएको उत्थान समाजकी अध्यक्ष सिता चौधरी(थरुनी) ले जानकारी दिएकी छन् । थारु महिलाहरुकै ऐतिहासिक र पहिचान हुने “कोेहबर” लाई ईटहरी नगरपालिकाले संरक्षणको निति लिएर महिलालाई त्यस सम्बन्धि कला र ज्ञान आर्जन गर्ने उधेश्यले ल्याएको योजना ऐतिहासिकनै भएको उत्थान समाजकी अध्यक्ष थरुनीले बताईन् । यस योजनालाई प्रभावकारी रुपमा सफलता बनाउन सबै थारु लगायत गैर थारुहरु सहयो र समर्थको आवश्यक्ता रहेको धारणा ब्यक्त गरीन् । “कोेहबर” नेपालको गहनाको रुपमा भएको बताउदै थारु महिलालाई मात्र हैन सबै जातजाती, समुदायको महिलाहरुले चित्रणकला सिकेर ब्यापक बनाउनु पर्ने अध्यक्ष थरुनीले बताएकी छन् । त्यसैगरी थारु महिला सभा सुनसरी जिल्ला सचिव सुसिला लेखीले “कोेहबर” लोपहुनबाट बचाउन सिपकला माध्यमबाटै योजना ल्याएकोमा हामि उत्साहित भएको बताईन् ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen