सुनिल चौधरी
झुम्का,चैत्र १८ । झुम्का बजार साप्ताहिक रुपमा बन्द हुदै आएकोमा आईतवार पनि खुल्ने भएको छ । हप्तामा एक दिन आईतवार नियमित बन्दहुने झुम्का नवबर्षको अवसरमा सम्पुर्ण बजार पसल खोल्न झुम्का उधोग बाणिज्य संघले सुचना गरीएको छ ।
संघको निर्णय अनुसार झुम्का बजार चाडपर्व,नयाँबर्षको आगमन पुर्व बजारपसल खोल्ने गरेको छ । प्रत्येक आईतवार चैत्र पहिलो आईतवार देखि बैशाख अन्तिम आईतवार सम्म बजार खुल्ले नव पदस्थापन गरीएका झुम्का उधोग बाणिज्य संघका अध्यक्ष धमेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । जेष्ठदेखि बजार पसल पुन बन्द हुने कार्यक्रम यथावत रहने साहले बताएको छ ।
