सुनिल चौधरी
झुम्का,चैत्र १८ । तराईका आदिवासी थारु तथा मधेशीहरुले आकर्षण र बिशेष धार्मिक उधेश्यका साथ घरको भित्तामा कोरीने संस्कारीक चित्र “कोहबर”को लोप भईरहेकाले प्रवद्र्धनकालागी ईटहरी नगरका थारु वडाहरुमा कोहवर पेन्टिङ्ग गर्ने सिप बिकासकालागी योजना ल्याएको छ । माटोले लिपेको घरको भित्तामा बिशेष बनाउने यो “कोहबर”अहिले आएर पक्की घरमा चित्रण गर्न छाडेपछि लोपको अवस्थामा पुगेकाले यसलाई ब्यवसायिक्ता प्रदानगरी महिलाहरुमा उधमि बिकास संगै आर्थिक उपार्जनमा सहयोग पुग्ने ईटहरीकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन् ।

नेपाल पत्रकार महासंघको ६३ औ स्थपना दिवसको अवसरमा सुक्रवार गरेको अन्तरक्रियामा गौतमले महिला शसक्तिकरणकालागी उधमबिकासमा जोडदिदै उधमि बनाउन योजना अनुसार थारु बाहुल्य बिभिन्न वडामा सारी,कपडा,मायाको चिन्हमा “कोहबर”बनाउने सिप आर्जनकालागी कार्यक्रमहरु आयोजना हुने गौतमले बताएकी छन् । घरको भित्तामा मात्रै हैन बिभिन्न बस्तुहरुमा कोहबर बनाई ब्यापारीक दृष्टिले कारोवार गर्न सके धेरै महिलाहरुले स्वरोजगार भई आत्मनिर्भर हुन सक्ने बताएकी छन् । थारु संस्कारमा घर सिर्गान मात्र हैन यसको धार्मिक पक्षले धेरैनै महत्वु पर्ण रहेको छ । बेहुला पक्षले सबै भन्दा पहिले “कोहबर” संग बिहेगरे पश्चातमात्र बेहुलीलाई सिन्दुर हाल्नु पर्ने संस्कार रहेको छ । यसलाई “कोहबर” बिवाहपनि भनिन्छ । “कोहबर”को चित्र गोलो आकारका हुन्छन् । त्यस भित्र बिभिन्न साना कोठाहरु लहरै एकै किसिमले बनाएका हुन्छ । साना कोठाहरुमा सुहाउदो रंग दिएर आकर्षक बनाएका हुन्छन् । यो “कोहबर”महिलाले मात्र बनाउने परम्परा देखि चल्दै आएको छ ।

No automatic alt text available.

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen