सुनिल चौधरी
झुम्क,चैत्र १८ । झुम्का उधोग बाणिज्य संघको नव निर्वाचितलाई सुक्रवार भएको चौथो पदस्थापन भएपछि झुम्काका ब्यापारीहरुले आईतवार भेला भएर संघको नव पदाधिकारीहरुलाई कार्यसफलताको सुभकामना दिएका छन् । ब्यक्तिगत स्वार्थ र कुनै एक ब्यक्तिको कुरालाई मात्र होईन सबैको सुझावले ब्यसायीको हितमा कामगर्न सुझाव दिदै उपस्थित ब्यपारीहरुले सुभकाना दिएका हुन् । पदस्थापन समारोह प्रदेश १ का प्रमुख प्राध्यापक डाक्टर गोबिन्द बहादुर सुब्बाको प्रमुख आतिथ्यतामा भएको थियो ।

सो सुभकामना आदान प्रदान कार्यक्रममा ब्यवसायीहरुले ब्यापार,ब्यवसाय प्रवद्र्धन गर्ने खालका कार्यक्रम आयोजना हुनु पर्ने बताएका छन् । झुम्काका ब्यापारीहरुमा बिभाजन ल्याउने केहि तत्वहरु सलबलाई रहेकाले त्यसलाई परास्तगरी अगाडि बढ्नु पर्ने भन्दै ब्यसायी श्याम आचार्यले नयाँ समितिलाई सुझाव दिएका छन् । एकलौटी ढंगले चलाउदै पुर्व समितिले ५ बर्षको एकैपटक देखाएको बजेट पारित गर्नु हामि ब्यापारीहरुको ठुलो कमिकमजोरी भएको भन्दै बर्तमान समितिले अबकादिनमा उपलब्धिमुलक कार्य गर्नु पर्ने आचार्यले बताए । ब्यापारीहरुको लगानि सुरक्षाकोलागी संघबाट बिशेष पहलहरु हुनुपर्ने ब्यसायी केदार श्रेष्ठले बताए । राधुनी नगरमा सुरक्षाको प्रत्याभुति हुन सके यहा धेरै ब्यवसायीहरुले लगानी गर्न सक्ने र यसबाट रामधुनी नगर औधोगीक सहरको रुपमा फड्को मार्ने बिचार ब्यक्त गर्दै नयाँ कार्यसमितिलाई श्रेष्ठले शुभकामना दिएका छन् ।

कार्यक्रममा नवपदाधिकारीहरु शुभकामना र सुझाव ग्रहण गर्दै सबै ब्यापारीहरुको सुझाव अनुसारनै काम गर्ने बताएका छन् । कार्यक्रममा उपस्थित संघका महा सचिव नबिन कुमार चौधरी,बाणिज्य सचिव दुर्गा प्रसाद फुयाल,प्रचार प्रसार सचिव कपिल खडका,सदस्य बिरेन्द्र साह र सिता चौधरीले अबका दिनमा हरेक क्षेत्रबाट ब्यापारीको हितमा कार्यक्रमहरु अगाडि बढने प्रतिबद्धता जनाएका छन् । संघको निर्वाचनमा बिशुद्ध ब्यवसायीबाट अध्यक्ष पदबाट उमेदवारी दिएका भोला रौनियरले आफु पराजित भएपनि पद बाहिर रहेरपनि ब्यवसायीको हितमा कामगर्न नछाड्ने बताए । ब्यसायीहरुमा कुनै समस्या भए सडकबाट भएपनि सहयोग गरिरहने रौनियारले बताउदै नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।

कुनै एक ब्यक्तिको रिमोट कन्ट्रोलले होईन समपुर्ण ब्यापारीको सहकार्यमा अगाडि बढ्ने बताउदै कुनै पदाधिकारीहरुले ब्यक्तिगत स्वार्थकालागी कसैको ईसारामा संघ लान खोजे त्यस बिरुद्ध शसक्त आवाज उठाउने महिला प्रतिनिधिको रुपमा निर्वाचित भई पदभार ग्रहण गरेकी सदस्य चौधरीले बताईन् । संघको बिधान संसोधनगरी महिला प्रतिनिधिकालागी छुट्टै पदको आरक्षित गर्ने समेत चौधरीले प्रतिबद्धता जानाएकी छन् । सदस्य चौधरी थारु महिला उत्थान समाज संस्था रामधुनीकी अध्यक्ष समेत रहेकी छन् । कार्यक्रममा उपमेयर सबिना चौधरी,वडा अधयक्ष केशव गौतम,राजकुमार चौधरी,रामनारायण चौधरी,डेगराज फुयाल,हेमनारायण राजधामि लगायतका वडा सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

Image may contain: text

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen