सुनिल चौधरी
झुम्का,चैत्र १७ । रामधुनी र बराह नगरका दुई आयल सेन्टरका ८ हजार लिटर डिजल लिएर ट्याङ्कर चालक फरार भएको छ । आयल निगम बिराटनगर डिपोबाट बिहिवार दिउँसो डिजेल लिएर छुटेको ट्याङ्कर अनलोड नगरी भागेको पत्तालागेपछि पिडित रामधुनी नगरपालिका ५ झुम्काका मिलन आयल र बराह नगरपालिका ५ कालाबन्जरका चन्द्रमयन आयल सेन्टरका धनि ईलाका प्रहरी पकलीमा तेल चोरी भएको निवेदन दिएका छन् ।
आयल सेन्टरले खरिद गरेको बिल बिजक अनुसार बिराटनगर आयल निगमबाट चैत्र १५ गते बिहिवार दिउसो २ बजे ना २ ख ४३५२ नम्बरको ट्याङ्करले दुवै आयल सेन्टरमा चार चार हजार लिटर अनलोड गर्नु पर्ने तर अनलोडनगरी ट्याङ्कर चालक डिजल चोरीगरी फरार भएको उजुरी दिदै क्षतिपुर्ति दिलाईदिन माग गरीएको छ । सो ट्याङ्करमा ५ वटा पम्पमा २० हजार लिटर डिजेल लिएर आएको ३ ठाउँको पम्पमा अनलोडगरीएको देखियो,हाम्रो पम्पमा अनलोड नभएपछि खोजीगर्दा चोरी गरेर भागैकै हो भन्ने अरोप मिलन आयल सेन्टरका धनि मिलन रौनियारले लगाएका छन् । बिराट नगर डिपोबाट बिहिवार नै छुटेको ट्याङ्कर पम्पमा अनलोड नगरी राति ९ बजे भण्टाबारी नाकाबाट पारी भारतमा बेच्न लगेको चन्द्रमैनका धनि राजेन्द्र वास्तोलाले दाबी गर्दै क्षतिपुर्तिको माग गरेका छन् ।
