सुनिल चौधरी
झुम्का,चैत्र १६ । रामधुनी नगरपालीका अन्तर्गत रहेका झुम्का उधोग बाणिज्य संघको सातौ साधारण सभाबाट निर्वाचितहरुलाई चौथो पदस्थापन समारोहबाट सुक्रवार पदहस्तान्तरण गर्दै पदस्थापन गरीएको छ । निबर्तमान अध्यक्ष सगेन चौधरीले नव निर्वाचित अध्यक्ष धमेन्द्र शाहलाई पद हस्तान्तरण गर्दै जिम्मेवारी पुर्ण बनाएका छन् ।
समारोहमा नयाँ कार्यसमितिलाई बिशिष्ट अतिथी प्रदेश १ सांसद प्रतिपक्षदलका नेता राजिव कोईरालाले नव निर्वाचितलाई प्रमाण पत्र बितरण गरेका छन् । प्रमुख अतिथी प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्द बहादुर तुम्बाहाङ्ग कार्यक्रम सुरुहुने निर्धारित समय भन्दा ४ घण्टा पछि उपस्थितहुदा उहाको अनुपस्थितमा कोईरालाले बितरण गर्नु भयो । कार्यक्रमपनि उहाको प्रतिक्षामा ३ घण्टा पछि सुरु गरेका थिए । सो समय अवधिभरी उद्धधोषक प्रकास बन्धु बस्नेतले माईकमा बोल्दै ,ब्यापारी र मान्यजनहरु सभाहलमा प्रवेसकालागी अनुरोध गर्दछौ,अब कार्यक्रम केहि मिनेटमै सुरुहुने छ, भन्दै कयौ पटक अनुरोध गरेका थिए ।
निर्वाचन समितिबाट प्रमाण पत्र हस्तान्तरण गर्दै गोपनियता र संघमा मर्यादित भएर कार्य गर्न गराउन निर्वाचन समितिका संयोजक इश्वर घिमिरेले सपथग्रहण गराएका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष साहले ब्यापारिको हितमा सुरक्षा संगै रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहण गर्ने निर्वाचित पदाधिकारीहरु तिन बर्षको कार्यकालकालागी संघमा प्रथम उपाध्यक्षमा सुजित कुमार राय,द्धितिय उपाध्यक्षमा सतेन्द्र न्यौपाने,महा सचिवमा नबिन कुमार चौधरी,बाणिज्य सचिवमा दुर्गा प्रसाद फुयाल,उधोग सचिवमा भरत कार्की,प्रचार प्रसार सचिवमा कपिल खडका,कोषाध्यक्षमा डिल्लीराम गुरागाई पदभार ग्रहण गरेका छन् । यसैगरी सदस्यहरुमा कमल साह,संगीता साह,बिरेन्द्र साह,दिनेश चौधरी,ईश्वर चौधरी,सिता चौधरी,बबिता घिमिरे सपथ लिदै पदभार सम्हालेका छन् ।

