सुनिल चौधरी
झुम्का,चैत्र १६ । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवसको अवसरमा शाखा सुनसरीले सुक्रवार नयाँ संघियताको संरचना अनुसार स्थानिय तह र मिडियाको बिच भुमिका कस्तो हुने सम्बन्धमा अन्तक्रिया सम्पन्न गरेका छन् । स्थानिय बिकासलाई समृद बनाउन मिडियाको महत्वपुर्ण भुमिका आवश्यक रहने बिचारधार गाउँ,नगर प्रमुख तथा उप प्रमुखहरुको उपस्थितीमा शाखा सुनसरीले ईटहरीमा एक दिवसिय अन्तरक्रिया सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा मिडिया र स्थानिय तह बिच भुमिकाबारे छलफल भएको छ । कार्यक्रममा पत्रकार हर्ष सुब्बाले मिडिया र स्थानिय तहको भुमिका सन्तुलित हुनु पर्ने बिचार ब्यक्त गरे । स्थानिय तह समृदिकालागी मिडिया शसक्त हुनुपर्ने बताउदै, स्थानिय तहमा संचार निति बन्नु पर्नेमा सुब्बाले जोड दिदै पत्रकार र संचारमाध्यमलाई सक्ष्म बनाउन स्थानिय तहकै दायित्व भएकाले त्यस अनुरुप बजेट निर्धारण हुनु पर्छ भन्दै बिचार उठान गरेका छन् । शाखा सुनसरीका पुर्व अध्यक्ष केशव घिमिरेले आफनो बिचार ब्यक्त गर्दै पत्रकारले राम्रो लेखे धन्यवाद दिहाल्नु पर्ने र आलोचनात्मक सम्प्रेसनगरे नराम्रो भनिहाल्ने बिचार परिवर्तन हुनुपर्ने बताए । सहायक जिल्ला अधिकारी अनुज भन्डारीले पत्रकार खोजिनितिगरी सहि सत्य तथ्यरुपमा सामाचार समप्रेसनगरे सबैमा सचेत रुपले काम गर्ने परिपाटी बस्न सक्ने औल्याएका छन् ।
त्यसैगरी ईनरुवा नगरपालिकाका मेयर राजन मेहताले पत्रकार साकारात्मक कलम चलाएर स्थानिय तहलाई बिकास गर्न सहयोगको भुमिका खेल्नु पर्ने बताए । पत्रकार राज्यको चौथो अंग रहेकाले जनप्रतिनिधिहरुले गरेका कामहरु सहि सत्य तथ्यरुपमा सम्प्रेसन हुनु पर्ने ईटहरीकी उप मेयर लक्षमी गौतमले बताईन् । बिशेष मिडियालाई शसक्तबनाउन स्थानिय तहको जिम्मेवारी भएको र मिडियाले समृदकालागी साकारात्मक सोचले अगाडि बढनु पर्ने अतिथीहरुले मन्तब्यको क्रममा बताएका छन् । कार्यक्रममा शाखा सुनसरीका अधयक्ष कृषण अधिकारी,दुहबी नगरपालिकाका मेयर बेदगच्दार,हरीनगरा गाउपालिकाका अध्यक्ष गफार अन्सारी,पत्रकार गणेश निरौला,शेखर ढकाल,श्रीशिसा राईले बोलेका थिए ।
कार्यक्रममा स्थानिय बिकासमा मिडियाको आवश्यक्ता महत्व बुझेका नगर तथा गाउँ पालिकाका उप प्रमुखहरुको पनि उपस्थिती रहेको थियो । ईनरुवा नगरपालिकाकी जमुना पोख्रेल,कोशिगाउँपालिकाकी अनिता देवि यादव,दुहबीकी सुनिता दाहाल साहको उपस्थिती रहेको थियो । कार्यक्रममा सभापतित्व ग्रहण गरेका शाखा सुनसरीका अध्यक्ष अमर खडकाले समापन गर्दै पत्रकारका अगडी थुर्पै समस्याहरु आईरहनेहुदा बिचलित नभई आफनो पेशामा अडिग रहेर कामगर्न सबै पत्रकारहरुमा हौसला प्रदान गर्दै सिहदरवारका अधिकार स्थानिय तहमा आएकाले पत्रकारीता बिकासमा समय सापेक्ष पहलहरु हुनु पर्ने बताए ।


