सुनिल चौधरी
झुम्का,चैत्र १५ । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा सुक्रवार सुनसरी शाखाले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । ‘मिडिया र स्थानीय तहबीचको भूमिका’ बिषयक एक दिवसिय कार्यक्रम गर्ने शाखा सुनसरीले जनाएको छ ।
इटहरीको त्रियुगा होटलमा चैत्र १६ गते सुक्वार बिहान ७.३० बजेदेखि अन्तरक्रिया कार्यक्रम गरि मनाउने तय गरेको जानकारी दिदै शाखाले सम्पुर्णमा निमन्त्रणा गरीएको छ ।
