सुनिल चौधरी
झुम्का,चैत्र १५ । ईटहरीमा भएको दोस्रो जिल्ला अधिवेशनबाट गठन भएको थारु महिला सभा जिल्ला सुनसरीले बुधवार पहिलो बैठक बस्दै “जुर शितल” मनाउने निर्णय गरेको छ । थारु महिला सभा जिल्लामा चयन भएका नयाँ कार्यसमितिहरुको उपस्थितीमा बसेको बैठकबाट सिरुवापर्व आगमनसंगै चैत्र ३० गते सुक्रवार ईनरुवामा “जुर शितल” मनाउने निर्णय भएको जिल्ला अध्यक्ष शुसिला चौधरीले जानकारी दिएकी छन् । दुहबीमा भएको बैठकबाट सल्लाहकार राख्ने निर्णय समेत भएको जनाएको छ ।

थारु संस्कारमा रहेका संस्कृतिहरुलाई निरन्तरता दिदै संरक्षणकालागी बिभिन्न कार्यक्रम गदै आएका सभाले आउँदो सिरुवा पर्व संगै मनाउने “जुर शितल” एक आपसमा आशिर्वाद आदान प्रदान गर्दै मनाउने जिल्लाबाट जानकारी दिएका छन् । निर्णय अनुसार रामराज चौधरी,पुनितलाल चौधरी,केशीलाल चौधरी र रामकुमारी चौधरीलाई जिल्लाकार्यसमितिको सल्लाहकारमा राख्ने निर्णय पारित गरीएको हो ।

बैशाख १ गतेको दिन “जुर शितल” बुढापाखा तथा अग्रज ब्यक्तिबाट बिहानै टाउकोमा पानी छर्केर एवं सानाले ठुलाको खुटामा पानि चढाई मनाइने पर्व हो । वृद्ध तथा जेष्ठ नागरिकहरु बिहानै नजिकको पोखरी , ताल अथवा खोलामा नुहाउछ्न । नुहाएपछी नयाँ पहिरन लगाएर एउटा भाडो ( लोटा ) मा पानी लिन्छ्न र त्यसलाई पिपल, आप ,अ्म्बा , आदि रुखको बोटको जरा अथार्थ शिर थारु भासामा जरा मा पानी चढाउछ्न । यस दिन रोपेको वा लगाएको बोट्बिरुवा नमर्ने विश्वाश पनि छ । त्यसैले कतिपयले यश दिन पारेर बोट बिरुवा लगाउछ्न । यस पर्वमा आफू भन्दा सानाको टाउको अथार्त शिरमा पानी छर्किदै जुर शितल भनेर यो पर्व मनाइन्छ र आफू भन्दा अग्रजलाई खुटामा पानि चढाई आशिर्वाद थाप्छ्न । यसो गर्नाले दुःख नराम्रोकाम पखालेर जानुका साथै बर्षैभरी चिसोमय होस भनि टाउकोमा पानी छ्यापने चलन रहि आएको छ ।

No automatic alt text available.

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen