झुम्का,चैत्र १४ । रामधुनी वडा नं. १ झुम्का बजार पुर्व मिठु चौक नजिकै नहरको डिलमा बुधवार बिहान एकब्यक्ति मृत फेला परेको छ । खोटाङ्ग सोरबुका हाल झुम्का पानि टंकी गाउँ स्थित र ईटहरी समेत बस्दै आएका ३२ बर्षिय प्रमोद गीरीको मृत्यु भएको प्रहरीले बताएका छन् । सुनसरी मोरंग सिचाईको नहरमा बग्दै आएको अवस्थामा फेला पारेका थिए । बग्दै आएको शवलाई स्थानियको सहयोगमा ईलाका प्रहरी पकली बाट आएका प्रहरीले नहरबाट निकालेका थिए ।

उनको पानिमा डुबेर मृत्यु हुन सक्ने अनुमान गरीएको छ । तर त्याहा शवको प्रकृति हेर्दा टाउकोमा चोटलागेर रगत आएको देखिन्छ यसलाई पोष्टमार्टम नगरी हत्या भएकै हो भनि यकीन गर्न नसक्ने घटना स्थलमा पुगेका प्रहरीले बताएका छन् । शव पहिचानकालागी उन्को श्रीमति आएका थिए भन्ने जानकारीमा आएको छ । घटना स्थलमा उपस्थित झुम्का पानी टंकी गाउँमा मृतकको छिमेकमा बस्दै आएका प्रत्यक्ष दर्शिका अनुसार सोमवार ईटहरीबाट हराएको बताएका छन्.। उन्को खोजी कार्यकालागी मंगलवार ईटहरी प्रहरी चौकीमा हुलिया दिएको समेत बताएको छ । गिरी कहिले ईटहरी कहिले झुम्का बस्दै आएको बताएका छन् । सोझो कसै संग नबोल्ने ब्यवहारका भएका थिए भनेर बताएका छन् । गिरीको हत्या भएको वा पानिमा डुबेर मृत्यु भएको पोष्टमार्टमबाट जानकारी आउने प्रहरीले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen