सुनिल चौधरी
झुम्का,चैत्र १४ । झुम्का उधोग बाणिज्य संघको नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन चैत्र १६ गते हुने भएको छ । सातौ साधारण सभाबाट निर्वाचित भएका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउदै पद हस्तान्तरण गर्ने महा सचिव सुजित राईले जाकारी दिएका छन् ।
तिन बर्षको कार्यकालकालागी संघमा निर्वाचित हुने अध्यक्ष पदमा धमेन्द्र प्रसाद साह, प्रथम उपाध्यक्षमा सुजित कुमार राय,द्धितिय उपाध्यक्षमा सतेन्द्र न्यौपाने,महा सचिवमा नबिन कुमार चौधरी,बाणिज्य सचिवमा दुर्गा प्रसाद फुयाल,उधोग सचिवमा भरत कार्की,प्रचार प्रसार सचिवमा कपिल खडका,कोषाध्यक्षमा डिल्लीराम गुरागाई निर्र्वा्चित भएको निर्वाचन संयोजक ईश्वर घिमिरेले जानकारी दिएका छन् ।यसैगरी सदस्यहरुमा कमल साह,संगीता साह,बिरेन्द्र साह,दिनेश चौधरी,ईश्वर चौधरी,सिता चौधरी,बबिता घिमिरे निर्र्वा्चित भएका छन् । पदस्थापन झुम्का उधोग बणिज्य संघको सभाहलमा बिहान ११ बजेबाट हुने जानकारी दिएका छन् ।
झुम्का बजार हप्तामा एक दिन आईतवार नियमित बन्दहुने भएपनि नवबर्षको अवसरमा सम्पुर्ण बजार पसल खोल्न पनि ब्यवसायी ब्यापारीहरुमा संघले जानकारी गराईएको छ । झुम्का बजार चाडपर्व,नयाँबर्षको आगमन पुर्व बजारपसल खोल्ने गरेको छ । प्रत्येक आईतवार बैशाख भरीमात्र बजार खोल्ने संघले सुचना गरिएको छ ।