सुनिल चौधरी
झुम्का,चैत्र १३ । पत्रकार र कर्मचारीहरुलाई न्युनतम पारिश्रमीक सम्म दिन नसक्ने संचार गृहहरुलाई सरकारले मर्जको अवधारणा ल्याई ब्यवस्थापन गर्न सके श्रमजिवि पत्रकार ऐन कायन्वयन हुन सक्ने सुझाव आएको छ । ऐन अनुसार सञ्चार गृहहरुले श्रमजिवि पत्रकारलाई न्युनतम पारिश्रमिक रु १९ हजार ५ सय पाउने निर्धारण अनुसार दिन नसकेकाले बाध्यात्मक कानुन लागुगरी मर्ज गरेर दिगो बनाउनु पर्ने धारणाहरु पत्रकारहरुले दिएका छन् । न्युनतम पारिश्रमीक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महाँ संघ केन्द्रियको समन्बयमा सुनसरीको धरानमा मंगलवार श्रमजिवि पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे अन्तकृयामा भेला भएका सुनसरीका पत्रकारहरुले यस्तो सुझाव दिएका हुन् ।

ऐन अनुसार राष्ट्रिय स्तरका जहा ऐन पुर्ण कार्यान्वयन हुने सञ्चार गृहमा श्रमजिवि पत्रकारहरुलाई १९ हजार ५ सय निर्धारण रहेको छ । कर्मचारीहरुलाई १४ हजार ५ सय त्यसतै अन्य संचार गृहको हकमा श्रमजिवि पत्रकारहरुलाई १४ हजार १ सय र कर्मचारीलाई १२ हजार ५ सय निर्धारण गरीएको छ । यो निर्धारण गरेको पारिश्रमिकले अहिलेको अवस्थामा अपुगनै रहेको औल्याउदै समय अनुकुल परिमार्जन हुनुपर्ने समेत सुझावको रुपमा आएको छ । समानुपाति बिज्ञापन प्रणाली,भुगोलका आधारमा पारिश्रमिक निर्धारण,प्रत्येक सञ्चार गृहमा पत्रकारकालागी कल्याणकारी कोष स्थापना गर्न दवाव सिर्जना गर्न भेलाले माग गरेको छ ।

पत्रकार महाँसंघ शाखा सुनसरीको अध्यक्ष अमर खडकाको सभापतित्वमा पत्रकार महाँसंघ केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यता,न्युनतम पारिश्रमीक निर्धारण समितिका अधयक्ष गंगाधर पराजुलि र सदस्य विवेक गौतमको उपस्थितीमा सुझाव लिएका छन् । प्रदेश १ मा अवस्थाकाबारे प्रदेस स्तरीय भेलागरी र जिल्लामा गएर सुझाव लिई रहेका छन् । सुझाव अनुसार पुर्वका प्राय सबै सञ्चार गृहको पत्रकार तथा कर्मचारीहरु उचित पारिश्रमिक नपाएर पिडित भएको गुनासो बृहत रुपमै आएको हो ।

सोमवार धनकुटाको भेडेटारमा भएको भेलामा १० बुद्धे घोषणा पत्र जारी गर्दै छापा र बिधुतिय सञ्चारमाध्यम ब्यवस्थित र बलियो बनाउन मर्जिङ अवधारणा मार्ग प्रसस्तको सरकार संग माग गर्ने उल्लेख नै गरी सकेको छ भने धरानमा गरेको भेलामा बिशेस मर्जकै कुरा उठेका छन् । यसकालागी उपस्थित निर्धारण समितिका अधयक्ष पराजुली,महासंघ केन्द्रिय अध्यक्ष आचार्य,प्रेस सेन्टर प्रदेश १ नम्बर संयोजक राजन केडी,प्रेस चौतारीका देवेन्द्र कार्की,महासंघ पुर्वाचल संयोजक किशोर कार्की,शाखा सुनसरीका सल्लाहकार जनक रिसिराईले सुभकामना मन्तबय दिदै सरकार संग मागकालागी दवाव सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen