सुनिल चौधरी
झुम्का,चैत्र १२ । १० बुद्धे घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महाँसंघ १ नम्बर प्रदेश स्तरीय भेला भेडेटारमा सोमवार सम्पन्न भएकोे छ । श्रमजिवी पत्रकारहरुलाई न्युनतम पारिश्रमिक निर्धारणका सवालमा यस प्रदेशमा अवस्थाकोबारेमा छलफल गर्दै पत्रकारलाई उचित पारिश्रमिक र दिगोपनकालागी श्रमजिवी पत्रकार ऐन कार्यन्वयन गर्ने निर्णय गर्दै समपन्न भएको हो ।

पत्रकार महाँ संघ केन्द्रिय अध्यक्ष गोन्बिद आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलामा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले श्रमिक पत्रकारहरुको बिधमान ब्यवस्था,समस्य र सामाधानका उपायहरुको बारेमा प्रतिवेदन प्रस्ततु गरे । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महाँ संघ केन्द्रिय समितिको संयोजनमा भएको भेलाले प्रत्येक सञ्चार गृहहरुमा स्थलगत अनुगमन गरी कार्यन्यन गर्न लगाउनेमा जोड दिएको छ ।

भेलामा प्रदेशका महाँसंघ जिल्ला अध्यक्ष तथा पत्रकारहरुको छलफपछि जारी घोषणा पत्रमा श्रमजिवि पत्रकार ऐनको कार्यान्वयन र न्युनतम पारिश्रमिक लागु गर्न मागगर्ने,छापा र बिधुतिय सञ्चारमाध्यम ब्यवस्थित र बलियो बनाउन मर्जिङ अवधारणा मार्ग प्रसस्तको मागगर्ने उल्लेख गरीएको छ । घोषणा पत्रमा बिज्ञपन प्राधिकरण यथा सिघ्र गठन र समानुपातिक बिज्ञापन प्रणलीको अबिलम्ब लागु गर्ने,न्युनतम पारिश्रमिक समय अनुकुल हुनेगरी परिवर्तन गर्न माग गर्ने,भुगोलका आधारमा पारिश्रमिक निर्धारण,प्रत्येक सञ्चार गृहमा पत्रकारकालागी कल्याणकारी कोष यथा सिघ्र स्थापना गर्न र स्थापना भए नभएको अनुगमनको माग गर्ने उल्लेख रहेको छ ।

त्यसैगरी प्रेस काउनसिल नेपालले गर्ने बर्गीकरण लगायतका कामहरु ब्यवस्थीत र प्रभावकारी बनाउन प्रादेशिक जिल्ला स्तरमा समेत सम्बन्ध स्थापना गर्ने,स्थानिय सञ्चार माध्यमहरुमा कार्यरत सञ्चारकर्मिहरुको क्षमता अभिबृद्धि र दिगोपनकालागी उचित ब्यवस्थापन गर्न स्थानिय सरकार संग मागगरी जोड दिने उल्लेख गरीएको छ । त्यसतै सञ्चार माध्यमहरुले पत्रकारहरुलाई न्युनतम पारिश्रमिक दिएको वा नदिएको मासिक रुपमा अनुगमन गर्ने,घेडेटारको प्वद्र्ध र सम्बद्र्धनकालागी आवश्यक बयवस्था मिलान माग गर्ने,प्रदेस स्तरका सबै जिल्ला शाखाहरुलाई मजबुत, चलायमान र संक्षम बनाउन समेत सरकारलाई दवाब दिने संग माग गर्ने उल्लेख गरिएको छ । घोषणा पत्र छलफल पछि महाँ संघका केन्द्रिय सदस्य किशोर कार्कीले प्रस्तुत गरेका थिए । भेलामा १ नम्बर प्रदेशका जिल्लाका जिल्ला अध्यक्षहरुको आ–आफ्नो जिल्लाको सांगठनिक अबस्थाका बारेमा रिपोटिङ गरेका थिए ।

भेलामा प्रेस युनियनका लिला बल्लभ घिमिरे, प्रेस चौतारीका बिक्रम लुईटेल,पे्रस सेन्टरबाट राजन केडी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेला नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य उद्धव तिमसिनाको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen