सुनिल चौधरी
झुम्का,चैत्र ८ । बिहिवारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परिक्षामा यस बर्ष छात्रा भन्दा दोब्बरले कम छात्र बिध्यार्थि सहभागी भएका छन् ।
रामधुनी नगरपालिकाको झुम्का स्थित भासी माध्यमिक बिधयालय छात्रा १ सय ९० सहभागी भएका छन् भने ९६ छात्र सहभागीएको परिक्षा केद्रअध्यक्ष दशरथ दासले बताए । २०७३ सालमा छात्रा भन्दा केहि मात्र फरकमा छात्रको सहभागी रहेका थिए भने यस बर्ष दोब्बरले फरक आउदा बर्षेनी छात्रको संख्या घटदै गईरहेको दासले बताए । सामाजिक परिवेसमा केटाहरु सानै देखि उदण्ड,कुलतमा फसेर गार्जको कुरा नमान्ने भएकाले पढ्न नरुचाउने, उन्ले भने, बिशेषतः १८ बर्षको उमेरमै बैदेशिक रोजगारी जाने प्रबृतिले डरलाग्दो किसिमले छात्र पढ्नबाट बञ्चित भईरहेको भासी माबिका सह प्रधानाध्यापक समेत रहेको दाशले बताए ।
प्रधानाध्यापक सत्यनारायण धामीले बैदेशिक रोजगारीले नै हुनसक्ने भन्दापनि मुख्यकारण जनसंख्याका आधारमा पुरुष भन्दा महिला जन्मदर बृद्धि भइरेहकाले यसमा बढी सहभागी छात्राको रहेको बताए । पहिलेका बर्षमा एसएलसी भईरहेको केन्द्र बाहिर गार्जनको उपस्थिती रहने हुन्थयो भने ३ बर्ष देखि पछिल्ला बर्षहरुमा लेटर ग्रेडिङ्ग प्रणाली लागु भएपछि सबै पास हुन्छन भन्ने मान्यताले गार्जन आउन छाडेको धामी बताउछन् । कक्षा १२ सम्म माबि तह भएकोले पनि यसमा त्यति उनीहरुको चासो नरहेको धामीले यसरी बताउनु भयो ।
सो बिध्यालयमा ८ सामुदायीक तथा निजि बिधयालयहरुको सेन्टर रहेको छ । गयल हुनेमा १ जना पकली माबिका बिध्यार्थि रहेको जनाएका छन् । सोहि बिध्यालयमा सेनटर परेका श्री सम्भु माबि एकम्बाबाट अपाङ्ग भएकी भगवती चौधरीले परिक्षा दिएकी छन् । सुक्रबार अनिवार्य नेपालि बिषयको परिक्षा बिध्यार्थिहरुले दिने छन् । भासि माबिमा सेनटर परेका बिधयालयहरुमा पकली माबि पकली,सम्भुनाथ माबि एकम्बा,लर्डबुद्ध ईन्टरनेशनल बोर्डिङ्ग झुम्का,रामधुनी माबि लालपुर,सिवनगरमाबि,युनिक सगरमाथा बोर्डिङ्ग झुम्का,माउन्ट समिट र लक्ष्मि मेमोरियल बोर्डिङ्गका बिध्यार्थिहरुले परिक्षा दिईरहेको परिक्षा केन्द्रअध्यक्ष दाशले बताए ।