सुनिल चौधरी
झुम्का,चैत्र ७ । बिशुद्ध थारु संगठनको रुपमा रहेको थारु महिला सभा जिल्ला सुनसरीले बुधवार झुम्कामा पत्रकार सम्मेलन गर्दै संबिधान संसोधनको माग गरेका छन् । जिल्ला सभा सुनसरीले चैत्र १० गते गर्नलागेको दोस्रो अधिवेशनलाई अधिकारकालागी शन्देसमुखि बनाउदै राज्यलाई दवाब सिर्जना गर्ने पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष सुसिला चौधरीले जानकारी दिएकी छन् ।
जिल्ला अध्यक्ष चौधरीले प्रेस बिज्ञप्ती वाचन गर्दै थारु माथि सदियौ देखि भएको दमन अन्याा अत्याचार बिभेदजारी रहेको प्रति सम्पुर्णमा संगठित हुन अनुरोध गरीएको छ ।क्षणिक स्वर्थलाई छाडी थारुहरुको अग्राधिकार प्रति समर्पित हुन सबै थारु समुदायलाई प्रेस बिज्ञप्तिमार्फ जानकारी गराउन खोजिएको छ । थारुहरुको अधिकार र पहिचान मेटिने अवस्थामा रहेको बर्तमान सन्दर्भमा थारु महिला सभाले संबिधान संसोधन मार्फत सम्बोधन गर्नहुन राज्य संग माग गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख रहेको छ ।
थारु कल्याणकारीणी सभाको भातृसंगठन महिला सभाले थारु महिला,बालबालिका प्रति भएको बिभेद,घरेलु हिंसा,यौन हिंसा,सोषणको अन्त्य गरि समान अधिकार,सम्मान प्रदान हेतु थारु महिला सभा जिल्ल कार्यसमितिले माग गरेका छन् । अधिकारकालागी आन्दोलन गरेका पुर्व देखि पश्चिमसम्मका थारुहरुलाई झुठा मुद्धा लगाई जेलमा हालेर घरपरिवारलाई बिचल्लि बनाएको प्रति खेद ब्यक्त गर्दै थाकस केन्द्रिय सल्लाहकार तथा थारु कानुनब्यवसायी केन्द्रिय अध्यक्ष रामराज चौधरीले अबिलम्ब मुद्धा फिर्ता र जेल मुक्त गर्न सरकारलाई ध्यानआकर्षण गराउन चाहेको पत्रकार सम्मेलनमा बताए ।
महिला सभाले भेषभुषाको बृहत रुपमा झाँकी प्रदर्शन गर्दै अधिवेशन अधिकारकालागी मनाउन सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएकी छन् । थारु महिला सभा सुनसरीको दोस्रो जिल्ला अधिवेशन चैत्र १० गते शनिवार हुने अध्यक्ष चौधरीले बताईन् । अधिवेशन ईटहरी ९ स्थित श्री जनता मा.बि.को प्राङ्गनमा हुने छ । कार्यक्रम सफलताकालागी थारु समुदाय लगायत गैर थारु,बुद्धिजिवि,समाज सेवि,पत्रकार बन्धुमा सो अधिवेसनका दिन उपस्थितीकालागी अनुरोध गरीएको छ ।
चैत्र ७ गते सम्म प्रत्ये गाउँ नगरकमिटिलाई प्रतिनिधि र पर्यवेक्षकको नामावली साथै प्रवेस शुल्क पठाउन गाउँ तथा नगर कमिटिलाई अनुरोध गरीएको छ । गाउँ कमिटि प्रतिनिधिकालागी बिवाहित महिला २ जना र १ जना पर्यवेक्षक, नगर कमिटि प्रतिनिधिकालागी महिला २ जना र २ जना पर्यवेक्षक,उपमहानगर कमिटिबाट प्रतिनिधिकालागी महिला ३ जना र ३ जना पर्यवेक्षक अधिवेशनहुनु अगावै पठाउनु पर्ने जिल्ला अध्यक्ष चौधरीले बताईन् । जिल्ला सभाका अनुसार सबै स्थानिय तह समितिका प्रतिनिधि सभाकालागी प्रवेस सुल्क रु १ हजार र पर्यवेक्षककालागी रु ५ सय लाग्ने जनाएको छ ।
कार्यक्रममा थाकस जिल्ला उपाध्यक्ष पर्शुराम चौधरी,सचिव मनोज चौधरी,जानकी चौधरी र सदस्य लगायत पत्रकारहरुको उपस्थितीमा राजकुमार चौधरीले कार्यक्रम सञ्चालन गर्दै सम्मपन्न भएको हो ।