सुनिल चौधरी
झुम्का,चैत्र ४ । । जिल्ला स्वास्थ्य कार्यालय ईनरुवाको सहयोगमा रामधुनीका जेष्ठनागरीकहरुलाई सनिवार सम्मान गर्दै स्वास्थ्य परिक्षण गरेको छ । रामधुनी नगरपालिको सहकार्यमा झुम्का स्वथ्य चौकीको समन्बयमा ९० बर्ष भन्दा माथीका १० जना जेष्ठनागरीकहरुलाई दो सल्ला ओढाई सम्मान गरेको छ भने १४८ जनालाई स्वास्थय जाचगरेको झुम्का स्वथ्य चौकीका प्रमुख प्रशुराम साहले जानकारी दिएका छन् ।
जेष्ठनागरीकहरुलाई निशुल्क स्वास्थय जाच गराउने उधेश्यले उनीहरुलाई आखाँ तथा प्रेसर,सुगरको जाचगरी सेवा दिएको छ । शिविरमा जिल्ला अस्पतालबाट आएका डाक्टरहरुले गरेका छन् । सम्मान र स्वास्थय शिविर कार्यक्रम नगरपालिकाको परिसरमा गरिएको थियो ।
