झुम्का, चैत्र ४।
ईटहरी १४ नरभषामा आजबाट नगर स्तरिय नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । चैत्र ४ गते देखी १५ गते सम्म संचालनहुने उक्त नकआउट फुटबल  प्रतियोगितामा सुनसरीका १२ वटा टिमहरुको सहभागिता रहेको छ ।
नरभषा युवाक्लवको आयोजनामा संचालित सो प्रतियोगिताको आजको उदघाटन खेल शंभुनाथ युवाक्लव एकम्बा र रामधुनी युवा क्लव तित्रिवन बीच भएको थियो । निकैनै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको रहेको उक्त खेलमा रामधुनी युवाक्लवले शंभुनाथ युवाक्लवलाई ० को विरुद्ध २ गोल गरि जित हाँसिल पारेको छ । खेलको २५ औं मिनेटमा जर्सी नं. १०का सगुन श्रेष्ठले पहिलो गोल गरेका थिए भने ६३औं मिनेटमा जर्सी नं. २०का खेलाडीले दोश्रो गोल गरि जित सुनिश्चित गरेको थियो । खेलको दोश्रो हाफमा विवद पर्दा रामधुनी युवा क्लवका खेलाडी सत्य नारायण चौधरीले अम्पायर लाई अभद्र व्यवहार गरेको कारण रेड कार्ड देखाई निकालिएको थियो । आयोजक नरभषा युवा क्लवका अध्यक्ष प्रकास चौधरीको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा प्र. अ. ईटहरी वडा अध्यक्ष रमेश प्रसाद चौधरी रहनुभएको थियो भने विशेष अतिथि भौतिक पुर्वाधार विकास समितिका संयोजक दुखिलाल चौधरी रहनु भएको थियो । भोलीको खेल चौधरी ढुवानी सेवा चाँदवेला र बज्राहा युवा क्लव बज्राहा बीच दिउसो ३ बजे हुने आयोजकले जनाएको छ ।

त्यसैगरी, ईटहरी १८ रहिपुरमा यहि चैत्र ३ गतेदेखी १० गते सम्म संचालित तेश्रो RFC गोल्डकपमा आज बक्लौरी युवा क्लव र शिवनगर युवा क्लव बीच भएको छ । स्व. काली बहादुर राईको स्मृतिमा संचालित उक्त खेलको आजको खेलमा बक्लौरी युवा क्लवले शिवनगर युवा क्लव १ को विरुद्ध ४ गोल गरि जित हाँसिल पारेको छ । ८ वटो टिमको सहभागीता रहने, दयाराम राईको संयोजकत्वमा संचालित गोल्डकपका, आजको खेलको म्यान अफ दि म्याच बक्लौरीका विश्व राई चयन हुनुभएको छ । भालीको खेल ईटहरी २, कुम्याही र ईटहरी ५ बीच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen