सुनिल चौधरी
झुम्का,चैत्र २ । कृषि राज्यमन्त्रिमा रामकुमारी चौधरी नियुक्तहुदा रामधुनी नगरमा माओवादि केन्द्र नगरकमिटिले दिपावली गरेका छन् । रामधुनी नगरबाटै पहिलो पटक मन्त्रि बनेको अवसरमा खुसियाली मनाउदै सुक्रवार साँझ झुम्का बजारमा दिपावली गरेको माओवादी केन्द्र वडा नं १ का अध्यक्ष शुरेस चौधरीले बताए ।

रामकुमारी चौधरी वामगठबन्धनबाट प्रतिनिधि सभा चुनावमा समानुपातिक तर्फबाट उमेदवार रहनु भएको थियो । चौधरी रामधुनी वडा नं. ८ का स्थानिय वासिन्दा हुन् । प्रतिनिधि सभामा सुनसरी क्षेत्र नं. २ बाट उमेदवार रहनु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गर्नु भएको छ । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री बनेका छन् भने माओवादीका पाँच मन्त्री बनेका छन् । चार राज्यमन्त्री पनि नियुक्त भएका छन् । यससँगै ओली सरकार २२ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसामू सपथ लिएका छन् । लगतै राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसमक्ष सपथ लिएका छन् ।

Image may contain: 1 person, closeup

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen