सुनिल चौधरी
झुम्का,चैत्र १ । रामधुनी नगरपालीकाका पुर्व कार्यकारी अधिकृत प्रमोद चौधरीले आफनो कार्यकालमा नगरपालिकाकालागी दिएको अतुलनिय योगदानको बारेमा चर्चा गर्दै सफल अधिकृतको रुपमा काम गरेको रामधुनीका अग्रज ब्यक्तित्वहरुले चर्चा गरेका छन् । बुधवार बिहान रामधुनी वडा नं. ३ मा रामधुनी नगरपालिकाको मुख्य कार्यालयकालागी भवन शिल्यानास कार्याक्रममा अतिथीहरुले बोल्दै जग्गा उपलब्धकालागी पुर्व अधिकृत चौधरीले गरेको प्रयास रामधुनीकालागी निकै फलदायी साबित भएको बताएका छन् ।

शिल्यानास कार्यक्रममा नगर प्रमुख जय प्रकास चौधरीले बोल्दै जग्गाकालागी खेलेको भुमिका पुर्व अधिकृत प्रमोद चौधरीको चर्चा गर्दै बिर्सिनै नसक्ने काम गरेर गएको प्रति सराहना ब्यक्त गर्नु भयो । चौधरीकै कार्यअवधि भित्र भएको जग्गादान पुण्यकाम भएको समेत बताउनु भएको छ । जनप्रतिनिधि बिहिन भएको अवस्थामा पुर्व अधिकृत चौधरीको नगर प्रमुख र अधिकृत भएर काम गरेका थिए । त्यो अवस्थामा काम गर्न साचै नै कठिनाई थियो तर सफलकाम गरेर देखाएको पुर्व भासि गाबिस अध्यक्ष संकरलाल चौधरीले चर्चा गर्नु भएको छ । पुर्व भासि गाबिस अध्यक्ष चौधरी जग्गा ब्यवस्थापन समितिको संयोजक हुनुहुन्थयो । शिल्यानास कार्यक्रममा बोल्दै जग्गाको उपलबध सम्म भएको समस्याको बारेमा संकरलालले चर्चा गर्दै पुर्व अधिकृत चौधरीले समेत त्यो समस्या आत्म साथ लिएर अगाडी बढेको बताउनु भएको छ । जिल्ला मालपोत कार्यालयमा जग्गा पासको क्रम्मा त्याहाका कर्मचारीहरु ढिलासुस्ति गरेको प्रति अधिकृत चौधरी कडाका साथ प्रस्तुतहुदा हातपात गरेको आरोप समेत खेप्नु पर्यो । तर अन्त्त रामधुनी नगरपालिकाको नाममा जग्गा पास गरेरै देखाए । रामधुनी नगरमा अधिकृत चौधरीको कमि महसुस खड्की रहेको समेत संकरलालले बताएका छन् । नगरवासीहरुले समेत त्यो महसुस गरीरहेको सुन्न पाईन्छ । अधिकृत चौधरी २६ महिना कार्यअवधि सम्महाले २०७३ चैत्र १८ गते बिदा भई सप्तरीको छिनमस्ता गाउँपालिकामा सुरुवा भएका थिए ।

शिल्यानासबारे अधिकृत चौधरीले खुसि ब्यक्त गरेका छन् । हामिले सम्पर्क गरेर चौधरी संग कुराकानी गर्दा खुसि ब्यक्त गर्दै तत्कालिन कार्यकारी अधिकृतको रुपमा रहदा जग्गाकालागी धेरैनै मेहनत लागेको बताए । जग्गादाता निर्मल आचार्य र उहाको आमा गोमा देवि आचार्यलाई बिशेष सम्झिनु भयो । गोमा देवि आचार्यको भने जग्गादान पछि निधन भएको परिवार स्रोतले जनाएको छ । स्थानिय तह भर्खर घोषणा भएको अवस्थामा पुर्वाधारको आवश्यक्ता रहेको थियो त्यसकालागी जग्गाको खाचो रहेको हुदा त्यतीबेला आफुले गरेको मेहनत खेर नगएको बताएका छन् । यसकालागी राजनितिक दलकाप्रनितिधि र स्थानियहरुको सहयोगले गर्दा आफुपनि सफल भएको अहिले महसुस गरेको छु भन्दै नगरवासीमा प्रगतीको सुभकामना ब्यक्त गरे ।

रामधुनी नगरपालिका अधिकृतको रुपमा आएका चौधरी युवा जोस जागरले नगरका बिकासमा अहोरात्र खटिएर योजनाहरुमा निकै तिब्रता दिएका थिए । अग्लाकद भएका चौधरी सबै प्रति सम्मान ब्यवहार दर्शाउने कसैले गरेको कुनै राम्रो काम या गुनासोलाई सम्बन्धि ब्यक्तिलाई भनिहाल्ने लुकाएर राख्दैनथ्यो यसबाट सचिने मौका पाउथ्यो । यसबाट निकै खुसिकासाथ कामगर्न रुचाउथे नगरपालिकाका कर्मचारी । उहाँको बिदाईकादिन कर्मचारी नगरवासी सबैले नगरपालीका परिसरमा भब्य कार्यक्रमगरी बिदाई गरेका थिए । सो बिदाईका दिन नगरपालिकामा सम्मान गर्नेहरुको मायाको चिन्हले बर्षा भयो । सबैको मायाको चिन्ह ग्रहण गरेका चौधरी गाडिमा नअट्ने अवस्था भएको थियो । उहाँ भन्दा पहिले र अहिले कुनै पनि कार्यकारी अधिकृतले त्यसकिसिमले काम गरेको देखेको छैन नगरवासी भादगाउँका देविलाल चौधरीले बताए ।

चौधरीको डाईनामिक नेतृत्वले सबैले काम कर्तब्यबाट साकारात्मक अनुभव गर्न पाए । उहाले भन्नु हुन्थ्यो नगरवासी,कर्मचारी आफनै परिवारका सदस्य जस्तो अनुभव गरिरहेको छु । सबैको माया सहयोगले नगरमा काम गर्नपनि चासो भईरहने भन्नु हुन्थ्यो । उहाको साकारात्म कामले नगरवासी पनि खुसि थिए । कतै कतै छिटपुट उहाँलाई गालीपनि आउथ्यो तर त्यसलाई सहज ढंगले चित्त बुझाएर लिएर जानथ्यो । रामराज्यमा जसरी सबै जनता खुसि थिए त्यसरीनै हामि नगरवासी महसुस गरेका थियौ उहाँको कार्यकालमा थारु महिला उत्थान समाजकी अध्यक्ष सिता चौधरी(थरुनी) बताईन् । सबै प्रति सम्मान ब्यवहार गर्ने,गलतलाई गलत भन्ने,सहिलाई झन सहयोग गर्ने कार्यले हामि नगरवासी उहाँलाई अहिले पनि समान गर्छौ भनेर बताईन् । कार्यालयबाट सेवा ग्राहिहरुलाई ढिलो हुने कामलाई कारण खोजेर छिटो सेवा दिने उपाय ल्याउने गरेकोले हामि सेवाग्राहि नगरपालिकामा जादा सहज महसुस हुने गरथ्यो अर्का नगरवासी आशा चौधरीले बताईन् । नगर बिकासमा गरेको योग्दान साचै एउटा साकारात्मक छाप छोडेर गएको आशा चौधरीले बताउदै उहाँबाट हामि नेतृत्व बारे ज्ञान लिन सक्यौ बताईन् चौधरीले । चौधरी थारु महिला उत्थान समाजकी कोषाध्यक्ष हुन् ।

पुर्व अधिकृत चौधरी सञ्चार मैत्रि पनि हुनुहुन्थ्यो । नगरमा कुनैकामको योजनाबारे वा सुचना दिनु परे तुरन्तर सुचाना नगरवासीमा सुचित गराउथ्यो । केन्द्रियबाट योजना वा बजेट ल्याएर समेत नगरमा लगाउथ्यो । सो ब्यवहारले अधिकृत चौधरी रामधुनी नगरवासीमा अहिले पनि चर्चामा रहेका छन् ।

Image may contain: 3 people, people standing
Image may contain: one or more people

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen