सुनिल चौधरी
झुम्का,फाल्गुन ३० । रामधुनी नगरपालीकाको मुख्य कार्यालयको लागी वाडा नं. ३ स्थित सिंगीया पश्चिमटोल स्थित निशुल्क प्राप्त १० कठा जग्गामा बुधवार सिल्यानास गरेका छन् । घनश्याम प्रसाद आचार्यले निशुल्क उपलब्धगराएको सो जग्गामा नगर प्रमुख जय प्रकास चौधरी र उप प्रमुख सबिना चौधरीले सिल्यानास गरेका हुन् ।
जग्गादात्ता धरान वडा नं. ९ निवासी आचार्य र उहाकी पत्नी स्वर्गीय गोमा देवि आचार्यको नामबाट नगरपालिकालाई जग्गा उपलब्ध गराएका हुन् । जग्गा दान पछि गोमा देविको निधन भएको हो । उनका दुई छोरा जेठो बिमल आचार्य र कान्छो निर्मल आचार्य छन् । कान्छो निर्मल आचार्यको उपस्थितीमा सिल्यानास गरी भवन निर्माण कार्य सुरु गरीएको छ । सिल्यानास कार्यक्रमा बोल्दै एक बर्ष अगाडिनै नगरपालिकाको नाममा पास भएको जग्गामा केहि ढिला भएर निर्माण कार्य तिब्र रुपमा भईरहेको प्रति आचार्यले सम्पुर्ण नगरपालिका परिवार र नगरवासीलाई सुभकामना ब्यक्त गरेका छन् ।
भवन अपाङ्ग मैत्रि र बालमैत्रि सहित ६ तल्ले भवन निर्माणको योजना रहेको योजना प्रमुख हर्षलाल चौधरीले बताएका छन् । लिफ्ट सहितको योजना रहेको सो भवनको पहिलो तल्ला सम्म ३ करोड ७६ लाख ५४ हजारको योजना सहित २०७६ साल कार्तिक मसान्त सम्म सम्पन्न हुने समय अवधि रहेको छ । भवन ८ रेक्टर स्केल सम्मको थाम्ने भुकम्प प्रतिरोधात्मक भवन निर्माण योजना मिति २०७४ मंसिरबाट सुरु हुनेगरी काडमाण्डौका विरुवा कन्सट्रक्सन प्रा.लि.ले काम सुरु गरेका हुन् । योजना प्रमुख चौधरीका अनुसार सवाँ दुई फिटको र्याफटिङ्ग जग ढलान हुने डिजाईन रहेको बताए । योजना अनुसार पहिलो तल्लामा प्रमुखहरुको कार्यालय रहने छ । दोस्रोमा प्रशासन शाखा,तेस्रो तल्लामा बिषयगत कार्यालय रहने जनाएको छ । यस भन्दा माथिल्लो तल्लामा भवन निर्माण सम्मपन्न भए अनुसार कार्यालय हरु राखिने बताएका छन् ।
भवन आफ्नो कार्यकालमा ६ तल्ले निर्माण सम्मपन्न गर्न पहल गरीने प्रतिबद्धता नगर प्रमुख जय प्रकाश चौधरीले गर्नु भएको छ । भवन निर्माणमा कुनै कन्जुस्याई नगरी निर्माण कार्य समयमा सम्मपन्नकालागी मेयर चौधरीले निर्दैशन समेत दिनु भएको छ । जग्गा दात्ता आचार्य परिवारलाई बिशेष धन्यवाद दिदै पहलकदमीमा भुमिका निर्वाह गर्ने पुर्व कार्यकारी अधिकृत प्रमोद चौधरी,जग्गा ब्यवस्थापनका संयोजक संकरलाल चौधरी र समन्बयकालागी पहल गर्ने सरस्वती पौडेल,दुर्गा पौडेल,रामचन्द्र चौधरीलाई नगर प्रमुख चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको छ । दात्ताका परिवारले रामधुनी नगरवासीलाई ठुलो गुण लगाएको बताउदै नगरवासीको सहयगोकालागी अति महत्व पुर्ण योग्दान भएको समेत मेयर चौधरीले बताउनु भयो ।
नगरपालिकाको नयाँ भवनले गाउँ एरियालाई नयाँ सहरको रुपमा स्थापित गरी बजार बिस्तार हुने धारणा उप प्रमुख सबिना चौधरीले राखेकी छन् । रामधुनीको केन्द्रबिन्दुमा बन्नलागेको नगरपालिकाको भवन बजार बिस्तार संगै नगर बिकासमा महत्वपुर्ण टेवा पुगेको बताउदै जग्गा दाता आचार्य परिवारलाई उप मेयर चौधरीले धन्यवाद दिईन् । भवन निर्माणमा कुनै बिलम्ब नहुने समयमै सम्मपन्न हुने प्रसासकिय अधिकृत पुषकर भटराईले बताए । त्यसैगरी जग्गाकालागी पहल गरेको जग्गा ब्यवस्थापक समितिका संयोजक संकरलाला चौधरीले पास हुने सम्मको तालमेल तथा चुनौतीका बारेमा बताएका थिए ।
सिंगीयामा बन्नलागेको नगरपालिका भवन सिल्यानास कार्यक्रम वडा नं. ३ को वडाकार्यालयको सह आयोजनामा भएको थियो भने सम्पुर्ण ब्यवस्थापनका कार्य वडाअध्यक्ष राकुमार चौधरी लगायत वडा सदस्यहरुले गरेका थिए ।








