सुनिल चौधरी
झुम्का,फाल्गुन २९ । पुर्वराजा ज्ञनेन्द्र शाह मंगलवार ऐतिहासिक धार्मिक तिर्थ स्थल रामधुनी मन्दिर दर्शन गर्दै पुजा अर्चना गर्नु भएको छ । मन्दिरमा बलिरहेको अखण्ड धुनी र सोहि परिसरमा रहेका दरवार मन्दिरमा पुजा आरधना गर्नु भएको हो ।

पुर्वमा झापा आउनु भएका शाह झुम्का बजार हुदै सिंगीया,लालपुरकोबाटो भएर मन्दिर पुग्नु भयो । मन्दिर पुग्नु भन्दा पहिले झुम्काबजारमा अभिनन्दकालागी ओर्लिनु भएका शाहलाई आयोजक नागरीक समाज रामधुनीले पञ्चकन्याका साथ थारु भेषभुषा सहितको झाँकी झल्काउदै भब्य स्वागत गरीएको छ । झाँकीकालागी थारु महिला उत्थान समाजबाट अध्यक्ष सिता थरुनीको नेतृत्वमा थारुमहिलाहरु बृहत उपस्थिती भएका थिए । थारु बाहुल्य रामधुनी नगरमा उत्थान समाजका तर्फबाट बृहत उपस्थित भएका सदस्यहरु सबैले फुलगुच्छा दिई रामधुनी नगरमा आगमनको स्वागत गरेका हुन् । सबैको स्वागत सम्मानलाई हसिलो मुहारका साथ स्विकार गरेका पुर्व राजा ज्ञानेन्द्र मन्दिर सम्म पुग्दा कसै संग कुनै प्रतिकृया दिनु भएन ।

रामधुनी मन्दिर सबैको चासोको बिषय बन्दै गईरहेकाले पुर्व राजाको पनि ध्यान गएकोमा हामि नगरवासी खुसि छौ, मन्दिर बिकास संगै नगर समृद्धकालागी साथ सहयोग सबैको हुनु आवश्यक रहेको उत्थानकी अध्यक्ष थरुनीले बताउदै पुर्व राजाको सहयोगले पर्यटक केन्द्र बन्न सकोस भनेर आफ्नो बिचार राखेकी छन् । कुनै राजनितिक बिषय बस्तुको पुर्वाग्रह नराखि सबैले उहाको आगमनलाई साकारात्म लिनुपर्ने धारणा ब्यक्त गरेकी छन् ।

नागरीक समाज रामधुनीको अगुवाईमा स्वगतकालागी गठन गरेको मुलकमिटिका संयोजक दुर्गा बस्नेत त्यसतै राजन गौतम लगायतका समितिका सदस्यहरुले रामधुनी मन्दिर परिसरमा रामधुनीको पर्यटन बिकासको बारेमा पुर्वराजालाई जानकारी गराउनु भयो । रामधुनीको ऐतिहासिकताकाबारेमा तयार पारेको लेख भएका पुुस्तक रामधुनी गुठि संस्थाका अध्यक्ष डिल्ली कार्कीले शाहलाई हस्तान्तरण गर्नु भयो । यसबाट पुर्व राजाले अध्ययन गर्नु हुने भन्दै रामधुनी मन्दिरलाई सहयोगको अपेक्षा लिएको कार्कीले बताए ।
स्वागतकालागी झुम्का र रामधुनी मन्दिरमा उपस्थित केहि राजावादी समर्थकहरुले पुर्व राजाको पक्षमा नारा लगाएका छन् । पुर्व राजा शाह आउनासाथ “हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो देश”, “राजा आउ, देश बचाउ” जस्ता नाराहरु  लगाएका थिए ।

नारा लगाउने त्याहा राजावादीहरुको पहिचान प्रष्ट देखिन्थ्यो । कालो कोट,खुकुरी चिन्ह भएको कालै टोपी,दाउरा सुरुवाल त्यसमाथी कालो चस्मा लगाएकाहरुले नारा लगाएका थिए । यस नाराका बिषयमा बिशलेषक र जानकारहरु संग बिचार लिदा उहाहरुको भनाई अनुसार समर्थक कोही त, निस्किन्छन् र नारा लगाउछन् तर यहा पुर्व राजा आउनु भनेको रामधुनी मन्दिर र नगर बिकासमा सबै तह तप्काको ध्यान केन्द्रितकालागी पनि सफल मान्नु पर्छ भनेर बताउनु भएकोे छ ।

Image may contain: 6 people, including Timsina Achyut, people smiling, people standing and outdoor

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen