सुनिल चौधरी
झुम्का,फाल्गुन २८ । बजार अनुगमन र नियमनकालागी जिल्ला प्रशासनले गर्दै आएको उपभोक्ताहित संरक्षणको जिम्मेवारी स्थानियतहमा जादा कार्यन्यन गर्न चुनौती भएको स्थानिय सरकारका जनप्रतिनिधिहरुले बताएका छन् । सोमवार सुनसरी जिल्ला प्रशासनले स्थानियतहलाई बजार अनुगमन र नियमनकालागी जिम्मेवारी बोध गराउन गरेको अन्तकृयामा बोल्दै स्थानिय सरकारलाई अधिकार दिएपनि संस्थागत हुन नसक्दा उपभोक्ता हितमा कामगर्न समस्या भईरहेको उपस्थित गाउँ र नगरपालीकाका प्रमुख तथा सरोकारवालाहरुले बताएका छन् । जिल्ला समन्बय समिति सुनसरीको सभाहलमा बिश्व उपभोक्ता दिवसको अवरमा गरेको संघियतामा बजार अनुगमन तथा नियमनकोलागी स्थानिय तह र सरोकारवालाको भुमिका बिषक गोष्ठि भएको हो ।

प्रदेस मुख्य सचिव यादवराज कोईरालाको प्रमुख आतिथ्यतामा भएको सो अन्तकृयामा उपभोक्ता अधिकारकालागी स्थानिय तहले गर्ने काम,कर्तब्य अधिकारको बारेमा जानकारी गराईएको छ । स्थानिय बिकास अधिकारी तुलसी बहादुर श्रेष्ठले बजार,उपभोक्ता र अधिकारकाबारेमा कार्यपत्र प्रस्तुत गरे भने बजार अनुगमनको आवश्यक्ता र स्थानियतहले पालना गर्ने निर्दैशिकाको बारेमा बिज्ञ कृष्ण प्साद भण्डारीले प्रष्टयाएका थिए । निदैशिका अनुसार गाउँ वा नगरको उप प्रमुखको संयोजकत्वमा गठनहुने उपभोक्ता संरक्षण समितिले आफनो क्षेत्रभित्र प्रभावकारी ढंगले कार्यथालनी गर्न प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलिले उपस्थित सबै स्थानियतहका प्रमुख उपप्रमुख तथा सरोकारवालाहरुलाई जिम्मेवारी सुपिनु भयो ।

उपभोक्ता संग खेल्वाडगर्ने त्यसता फटाई गर्नेलाई कार्वाहि गर्नेे अधिकार स्थानिय तहलाई नभएको भन्दै यो कार्य प्रभावकारी हुन नसक्ने ईनरुवा नगरपालीकाका नगर प्रमुख राजन मेहताले बताए । संघिय सरकारले सिहदरवारको अधिकार स्थानियलाई दिएको भनेर भनिन्छ तर दिउ जस्तो गरेर मात्र दिएको मेहताले भने जव सम्म सुरक्षा परिचालनको जिम्मेवारी स्थानियमा आउदै तव सम्म कुनैपनि कार्य प्रभावकारी संगले गर्न नसक्ने बताएका छन् । बिचौलियाले गर्दा उपभोक्ताले घरघरमा बिष ल्याई खाईरहेकाले यसलाई न्युनिकरणकालागी कडा खालका नितिनियमको खाचो रहेको रामधुनी नगरपालिकाका मेयर जय प्रकास चौधरीले बताए ।
पत्रकार महाँ संघ सुनसरीका अध्यक्ष अमर खडकाले पत्रकारहरुले यस सम्बन्धमा निगरानि गर्ने प्रतिबद्धता जनाए । नियम पालना नगर्नेलाई कर्वाहिकालागी पत्रकारहरुको भुमिका रहने बताउदै खडकाले भने सबैले ईमानदारीका साथ जिम्मेवारी निर्वाह गरे सबै उपभोक्ता स्वस्थ्य रहने बताए ।

प्रत्येक स्थानिय तहमा बजार अनुगमन प्रभावकारी बनाई उपभोक्ताप्रतिको स्वथ्य अधिकार संरक्षणकालागी सम्बन्धि सरोकारवाला उधोग बाणिज्य संघ,उपभोक्ता,पत्रकार लगायतका प्रतिनिधि गोष्ठिमा सहभागी रहेका थिए । झुम्का उधोग बाणिज्य संघबाट द्धितिय उपाध्यक्ष सतेन्द्र न्यौपाने,बाणिज्य सचिव दुर्गा प्रसाद फुयाल,उधोग सचिव भरत कार्कीको उपस्थिती रहेको थियो ।

Image may contain: 3 people, indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen