सुनिल चौधरी
झुम्का,फाल्गुन २४ । रामधुनी वडा नं.३ को वडा कार्यलयमा महिलाहरु भेला भएर अन्तकृया गर्दै महिला सम्बन्धि अधिकार बतृत्वकला,गजल, कबिता, गित गाएर १०८ औ अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । “आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा सहरी महिलाको जीवन स्तर रुपान्तरण”,को नारा लिएर अखिल नेपाल महिला संघ नगरकमिटिले अयोजना गर्दै एकल,अपाङ्ग,नेतृतव भुमिकामा गएका महिलाहरुलाई प्रोत्साहकालागी सम्मान गर्दै समेत गरेका छन् ।
महिला संघ जिल्ला उपाध्यक्ष बेनु काफलेको प्रमुख आतिथ्यतामा एकल महिला गंगा देवि घिमिरे, अपाङ्ग महिला तथा भासिमाबिकी शिक्षिका लक्ष्मी नेपाल,राधा चौधरी त्यसैगरी नेतृत्व पंक्तिमा भुमिका खेलिरहेकी बक्लौर माबिकी प्रधानाध्यापक सारदा कार्की र पिप्राहाकी नेतृ छेदनी चौधरीलाई दो सल्लाले सम्मान गरीएको छ ।
कार्यक्रममा नगर उप प्रमुख सबिना चौधरीले सम्बोधन गर्दै चुलो चौकाबाट बाहिर आएर नेतृत्व लिन महिलाहरुलाई सुझाव दिएका छन् । राज्यको राष्ट्रियपतिमा,प्रधान न्यायधिसमा,महिला हुन सक्छने भने तपाइ हामि किन पछि पर्ने साहस र आँटले एकजुट भएर अगाडि बढनु पर्ने बताएकी छन् । हिंसा पुरुषबाट मात्र नभएर महिलाहरुबाटै महिलालाई हिंसा हुने गरेको बताउदै आफुपनि जागरुक हुनुपर्ने खाँचो औल्याए । हिंसामा पिडित महिलालाई न्यायकालागी म जहिलै तयार रहेको र अगाडी रहने बताईन् । महिला बिश्वासिलोको प्रतिकको रुपमा मान्नुपर्ने नेकपा एमाले जिल्ला सचिवालय सदस्य संकरलाल चौधरीले बताए ।
त्यसैगरी समितिहरु गठनमा उपाध्यक्ष वा कोषाध्यक्ष किन महिलालाईनै दिने निर्णयहुन्छ भन्दा खेरी उनीहरु बिश्वासिलोको प्रतिक भएकाले महिलालाई दिईने गरेको बताउदै महिला नेतृत्व र शसक्तकालागी शसक्तिकरणको आवश्यत्ता अझै हुनुपर्ने सदस्य चौधरीले बताएका छन् । कार्यक्रम अनेमस नगर अध्यक्ष पार्वता निरौलाको अध्यक्षतामा भएको महिला जागरुककालागी सो कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष नन्दु बस्नेत, वडा नं ३ का वडाअध्यक्ष राजकुमार चौधरी, आदिवासी जनजाती महा संघ नगर अध्यक्ष राजकुमार चौधरी,अनेम संघ जिल्ला सदस्य निर्मला राई लगायतका अतिथीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

