सुनिल चौधरी
झुम्का,फाल्गुन २३ । रामधुनीको झुम्का बजारमा दुर्घटनाको जोखिम बढदै गएको छ । पुर्व पश्चिम राजमार्गको झुम्का स्थित नहरको पुल साँघुरो भएकाले गाडिको चापका कारण दैनिक जाम हुने गरेको छ ।
झुम्का बजार स्थित राजमार्ग दायाँ वायाँ हालमा आएर राखिएका सामान र फुटपाथ पसल हटाउदा राजमार्ग बजार क्षेत्र फराकिला भएपनि पुलका कारण सवारी साधन जाम पर्ने समस्य रहिरहेको छ । पुलको पश्चिम रोडमा खाल्डो समेत भएकाले तिब्रगतिमा आएका सवारी साधन दुर्घटनामा पर्ने बताउछन् दैनिक हैरान खेप्नु परेका ट्राफिक उपेन्द् महतो । दिनभरी पुलमा जाममा पर्दा सवारी अवागमन सुचारु गर्न हैरानि खेप्नु परेको ट्राफिक महतो बताएका छन् । साप्ताहिक हटिया लागेका दिन बुधवार र सनिवार झनै समस्या हुनेगरेको बताउछन् ट्राफिक महतोले ।
खाल्डोका कारण ठुलो दुर्घटना निम्तिन सक्ने बताउछन् नजिकै पसल गर्दै आईरहेका फलफुल ब्यवसायीहरुले । पुलकै छेउ रोडमा खाल्डोका कारण राति तिब्र गतिमा आएका सवारी साधनले पलिटएको जस्तै ठुलो आवाजले तर्सिने गरीएको बताएका छन् सुरेस चौधरीले । पुल बाहेक अरु कुनै बिकल्प नरहेकाले आउजाउ गर्नमा पनि समस्या भईरहेको छ । बिकल्पकालागी रामधुनीका नगरपालिकाकोे चासो हुनु पर्ने स्थानिय ब्यापारीहरुले बताउछन् । सुनसरी मोरंग सिचाई आयोजना अन्तर्गत पुलरहेकाले खाल्डोले पुल र सडक दुवै क्षत्ति भईरहेकाले सडक बिभाग र सुनसरी मोरंग सिचाईले ध्यान दिनु जरुरीरहेको स्थानिय ब्यापारीहरुले बताएका छन् ।