सुनिल चौधरी
झुम्का,फाल्गुन २४ । १०८ औ अन्तराष्ट्रि नारी दिवसको अवसरमा महिला अधिकारको समान र उद्यमसिलमा प्रोत्साहनहुनु पर्छको नारासहित र्याली र हिंसा न्युकरण शन्देसकालागी सडकनाटक गर्दै थारु महिला उत्थान समाजले बिहिवार नारी दिवस मनाएको छ । रामधुनीको झुम्काबजारमा महिलाहरु बिभिन्न महिला अधिकार लेखेको नाराको प्लेकार्ड बोकेर र्याली गर्दै बालबिवाह र महिला हिंसा सम्बन्धि जनचेतना जगाउन सडकनाटक प्रस्तुत गरेका हुन् । झुम्केश्वर मन्दिर अगाडी थारु कलाकार तथा चलचित्र संघबाट कुलदिप चौधरी र जानकी चौधरीको संयोजकमा बालबिवाह र महिला हिंसाको बारेमा सडकनाटक गरेका हुन ।
महिलाहरुको बृहत उपस्थितीमा परिक्रमा गर्दा र्यालीमा “महिला अधिकार सुनिश्चत गरौ”, “महिला पुरुष बराबरी”, “महिला माथि हिंसा अन्तय गरौ” लगायतका नारा लगाउदै बजार परिक्रमा गरेका छन् । बजार परिक्रमा गर्ने क्रम्ममा महिला प्रहरीहरु समेत सहभागी भएर नारा लगाएका थिए ।
रामधुनीनगरपालीकाको सहयोग र थारु पत्रकार संघको समन्बयमा अयोजित कार्यक्रमलाई उप मेयर सम्बोधन गर्दै महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै रहेको जानकारी दिईन् । आज पनि महिलाहरुमाथि बलात्कारका घट्नाहरु दिनप्रतिदिन बढिरहेका छन् ,उन्ले भनिन्, महिलालाई बोक्सीको आरोमा दुब्र्यवहार गर्ने कामहरु पनि भइ नै रहेका छन् । रामधुनी नगरमै महिलाहरुमाथि घरनिकाला,कुटपिट जघन्य अपराधका घटना भईरहेको बताउदै यसलाई सबैले न्युकरणगर्नु पर्ने सबै महिला एकजुट हुनुपर्ने बताएकी छन् ।
नारी दिवसलाई दिवसको रुपमा मात्रै नभएर महिलाहरुले समान अधिकार प्राप्त गर्ने तहसम्म आजको दिनलाई लिन जरुरी देखिएको झुम्का उधोग बाणिज्य संघ नव निर्वाचित तथा थारु महिला उत्थानकी अध्यक्ष सिता चौधरी(थरुनी)ले बताएकी छन् । लामो समयदेखि महिलाहरुले संघर्ष गरे भने नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भए । तर, आजसम्म नेपालमा महिला उत्पीडिन भयावह अवस्थामै रहेको अध्यक्ष थरुनीले बताएकी छन् । महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन्, उल्ने भने, महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन अध्यक्ष थरुनीले बताईन् । दिवसको अवसरमा महिला नेतृत्व र उद्यमसिलता बनाउन बिभिन्न सिपमुलक तालिमहरुको अयोजना गर्ने समेत अत्कृया गर्दै योजना ल्याएको समेत बताएको छ । दिवस झुम्कामा भेला भएर मनाएका छन् । उत्थानकी कोषाध्यक्ष आशा चौधरी,सचिव रंजिता चौधरी,सल्लाहकार रामकुमारी चौधरी सदस्हरु भगवती, यसोदा, सनम, गया,चन्द्रकला चौधरी लगायतका आमन्त्रित महिला अधिकार कर्मिहरुको उपस्थितीमा सम्पन्न गरीएको छ ।
महिलाहरुले संगठित रुपमा नै आवाज उठाउन थालेको वर्षौ वर्ष भए पनि अधिकार पाउन नसकेको अवस्थाकैबीच बिहिवार विश्वकै महिलाहरु १०८ औं अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाएका छन्् । अन्तरराष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१८ मा आइपुग्दा बिश्वभर १०८औं अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाउदै आएको छ ।









