सुनिल चौधरी
झुम्का,फाल्गुन २३ । पुर्व राजा ज्ञानेन्द्र शाह रामधुनी मन्दिर दर्शन गर्न आउने भएको छ । पुर्वको झापामा रहनु भएका ज्ञानेन्द्र फाल्गुन २९ गते आउने निश्चित भएको हो । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ स्थित रहेको ऐतिहासिक रुपमा रहेको धार्मिक स्थल रामधुनी मन्दिरमा पुजा अर्चनागरी फर्किने कार्यक्रम रहेको छ ।

झुम्का बजारको झुम्केश्वर मन्दिर परिसरमा बुधबार भेलाभई दुर्गा बस्नेतको संयोजकमा राजा ज्ञनेन्द्र शाहलाई भब्य स्वागतकालागी मुलकमिटि गठन गरेको छ । मुलकमिटिले उप समिति निर्माणगरी कार्यबिभाजन गरी स्वगतकालागी तयारीमा जुट्ने बस्नेतले बताए । समितिले स्वागत गेट,फुलमाला,घडा, पन्चकन्या, पञ्चेबाजा,झाँकी सहित स्वगतकालागी तयारी गर्ने जानकारी दिएको छ ।

सो भेलामा रामधुनीका अग्रज ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । रामधुनि संरक्षित वनपरिषदका अध्यक्ष डिल्ली कार्की,रामधुनी नगरप्रमुख जयप्रकास चौधरी,उप प्रमुख सबिना चौधरी,झुम्का उधोग बाणिज्य संघका नव निर्वाचित प्रथम उपाध्यक्ष सुजित राय,सदस्य तथा थारु महिला उत्थान समाजकी अधयक्ष सिता थरुनी,वडा अधयक्ष मनेष चौधरी,जेष्ठनागरी जिल्ला अधयक्ष फौद सिंह थापा, कलाकार पर्सुराम चौधरी,ईश्वरी न्यौपाने,प्रहरी निरिक्षक अम्बरबहादुर निरौला लगायतका स्थानिय बजारवासीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen