सुनिल चौधरी
झुम्का,फाल्गुन २३ । थारु महिला उत्थान समाज रामधुनीले फाल्गुन २४ गते बिहिवार विविध कार्यक्रमगरी १०८ औ अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाउने तयारी गरीएको छ । “महिलालाई समान ब्यवहार गरी,महिला अधिकार सुनिश्चित गरौं” त्यसैगरी “लैंगिक समानताका लागि पाईला हाराहारी, सबै तहतप्कामा हिस्सा बराबरी”,“समान सहभागीताको सुनिश्चिता आजको आवश्यक्ता” नाराका साथ मनाउदै छन् ।
महिलालाई सबै सभा सम्मेलन तथा तहतप्कामा सम्मान अधिकार खोज्दै यस बर्षको महिला दिवस सम्पुर्ण नेपाली महिलाको अधिकारको सावलमा अवाज उठाउदै थारु महिला उत्थानले रामधुनी नगरपालिका तथा बिभिन्न संघ संस्थाको सहयोगमा मनाउन तयारी भै सकेको उत्थाकी अध्यक्ष सिता चौधरी (थरुनी)ले जानकारी दिएकी छन् । थारु पत्रकार संघ सुनसरी र थारु कलाकार तथा चलचित्र संघ जिल्ला सुनसरीको समन्बयमा समेत अयोजना गर्न लागेको अध्यक्ष थरुनीले जानकारी दिएकी छन् ।
कार्यक्रम बिहान ९ बजे झुम्केश्वर मन्दिर अगाडि भेला भई महिला अधिकार सम्बन्धि सडक नाटक प्रस्तुतगरी बजार परिक्रमा रहने बताएको छ । प्लेकार्ड सहित महिला अधिकार,हिंसा अन्तय,सम्मान ब्यवहारको नारा लगाउदै परिक्रमा गरीने भएको उत्थान समाजकी अध्यक्ष थरुनीले जानकारी दिईन् । परिक्रमा पश्चात जेष्ठनागरीकको भवनमा अन्तकृया कार्यक्रम समेत हुने जानकारी दिएकी छन् । कार्यक्रममा नारी अधिकार सुनिश्चितकालागी रामधुनीका सम्पुर्ण महिलाहरुलाई भेला तथा सहभागी हुन उत्थान समाजले अनुरोध गरेकी छन् ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्रा्ष्ट्रिय सम्मेलनबाट कलारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ । अर्थात यस बर्ष फाल्गुन २४ मा परेको छ ।
सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्रा्ष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्रा्ष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen