सुनिल चौधरी
झुम्का,फाल्गुन २१ । झुम्का उधोग बाणिज्य संघमा युवा ब्यवसायी धमेन्द्र साह बिजयी भएका छन् । सोमवार बेलुका सम्पन्न मतगनणा अनुसार साहले ३४० मत ल्याएर निर्वाचित भएको हो । साहका निकतम प्रतिद्धन्द्धि भोला रौनियार २७५ मत प्राप्त गरे ।
सातौ साधारण सभाबाट तिन बर्षको कार्यकालकालागी संघको प्रथम उपाध्यक्षमा सुजित कुमार राय,द्धितिय उपाध्यक्षमा सतेन्द्र न्यौपाने,महा सचिवमा युवा ब्यवसायी नबिन कुमार चौधरी,बाणिज्य सचिवमा दुर्गा प्रसाद फुयाल,उधोग सचिवमा भरत कार्की,प्रचार प्रसार सचिवमा कपिल खडका,कोषाध्यक्षमा डिल्लीराम गुरागाई निर्वाचित भएको निर्वाचन संयोजक ईश्वर घिमिरेले जानकारी दिएका छन् ।
यस्तै सदस्यहरुमा कमल साह,संगीता साह,बिरेन्द्र साह,दिनेश चौधरी,ईश्वर चौधरी,सिता चौधरी,बबिता घिमिरे निर्वाचित भएको निर्वाचन सदस्य दिलिप चौधरीले जानकारी दिएका छन् । नयाँ नेतृत्व चयनकालागी आईतवार झुम्केश्वर मन्दिरमा दिनभरी मतदान भई रातीबाट उधोगबाणिज्यस संघको सभाहलमा मतगनणा भई सोमवार साँझ ५ बजे मतपरिणाम सार्वजानिक भएको हो ।
कुल ६९६ जना मतदाता रहेको झुम्का उधोग बाणिज्य संघमा ६३३ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक घिमिरेलेबताए । झुम्का उधोग बाणिज्य संघमा बिभिन्न १५ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।
समपुर्णमत परिणाम सहित
अध्यक्ष पदमा
धमेन्द्र साह ः ३४० निर्वाचित
भोला रौनियार ः २७५
प्रथम उपाध्यक्ष
सुजित कुमार राय ः ३२३ निर्वाचित
दुर्गानन्द शर्मा ललन ः २८१
द्धितिय उपाध्यक्षमा
सतेन्द्र न्यौपाने ः ३१४ निर्वाचित
हरिबहादुर कार्की ः२८५
महा सचिवमा
सन्दिप गौतम ः २८४
नबिन कुमार चौधरी ः३२१ निर्वाचित
बाणिज्य सचिव
प्रकास बन्धु बस्नेत ः २९८
दुर्गा प्रसाद फुयाल ः ३०१ निर्वाचित
उद्योग सचिवमा
भरत कार्की ः ३१८ निर्वाचित
बलराम चौलागाइ ः २८१
प्रचार सचिवमा
चित्र बहादुर कार्की ः २९२
कपिल खडका ः ३१२ निर्वाचित
कोषाध्यक्षमा
डिल्ली राम गुरागाई ः३०० निर्वाचित
लक्षमी प्रसाद भट्टराई ः२६४
सदस्य
बबिता घिमिरे ः २९६ निर्वाचित
संगिता साह ः ३२५ निर्वाचित
बिष्णु लिम्बु ः २८७
दिनेस कुमार चौधरी ः ३१६ निर्वाचित
कमल कुमार साह ः ३४७ निर्वाचित
फ्रष्ट नारायान रौनियार ः२९२
ईश्वर चौधरीको ः३१५ निर्वाचित
सिता चौधरी ः ३०७ निर्वाचित
पुष्प दाहाल ः २६४
बिरेन्द्र साह ः ३२० निर्वाचित
सुरेश चौधरी ः २६८
सुरेन्द्र श्रेष्ठ ः २५८
रमेश कुमार चौधरी ः २३४
सम्भु कुमार साह ः २७२