सुनिल चौधरी
झुम्का,फाल्गुन १९ । झुम्का उधोग बाणिज्य संघको आउदो ३ बर्ष कार्यकालकालागी निर्वाचन हुदै छ । यही फालगुन २० गते हुने निर्वाचनमा उमेदवारी दिएका दुई प्यानल रहेका छन् । दुवै प्यनल आ आफनो जितकालागी चुनावी प्रचार प्रसार तिब्र बनाएको छ ।
झुम्का बजार लगायत पकली,बक्लौरी,डुम्राहा,सिंगीया,मधेशा,हाँसपोसा,एकम्बा,का ब्यापारीहरुको आबद्ध रहेको यस झुम्का उधोग बाणिज्य संघमा ६ सय ९६ सदस्य रहेका छन् । आबद्ध सदस्यहरुलाई आफनो पक्षमा ल्याउन माईकिङ्ग सहित उमेदवारहरु पसलपसलमा पुगेर मतमागी रहेका छन् । सुक्रवार होलीको दिनपनि प्रचार प्रसारलाई निरन्तरता दिदै मतमागेका छन् । होलीको दिन एक आपसमा रंग अबिर लगाउदै मत मागेका हुन् । झुम्का बजार अहिले ब्यापारीहरुको चुनावले तातिएको छ ।
बाणिज्य संघमा उमेदवारी दिएका अनुसार संस्थापक पक्षबाट अध्यक्ष पदमा धमेन्द्र प्रसाद साह र संघर्ष गर्दै नयाँ प्यानलबाट भोला प्रसाद साह रौनियारको नेतृत्वमा प्यनल दर्ता भएको बजारका ब्यापारीहरुले नै बताउने गरेका छन् । संस्थापक पक्षको प्यानलमा अध्यक्ष पद धरमेन्द्र प्रसाद साह सहित प्रथम उपाध्यक्ष तर्फको पदमा सुजित कुमार राय, द्धितिय उपाध्यक्षमा सतेन्द्र न्यौपाने, महा सचिवमा सन्दिप गौतम, बाणिज्य सचिव तर्फ प्रकास बन्धु बस्नेत, उद्योग सचिवमा भरत कार्की, कोषाध्यक्षमा डिल्ली राम गुरागाई ,प्रचार सचिवमा, चित्र बहादुर कार्की रहेका छन् । सस्था पक्षबाटै ७ सदस्यकालागी बबिता घिमिरे,संगिता साह,बिष्णु लिम्बु,दिनेस कुमार चौधरी,कमल कुमार साह,फ्रष्ट नारायान रौनियार र ईश्वर चौधरीको उमेदवारी रहेका छन् ।
त्यसैगरी परिवर्तन पक्ष परिचय गराई बिसुद्ध ब्यापारीको प्यानल राखि अध्यक्ष पदमा भोला प्रसाद साह रौनियारको नेतृत्वमा अर्को प्यालन दर्ता गरी चुनावी मैदानमा रहेका छन् । यस प्यानलमा प्रथम उपाध्यक्ष दुर्गानन्द शर्मा ललन, द्धितिय उपाध्यक्षमा हरिबहादुर कार्की,महा सचिवमा नबिन कुमार चौधरी, बाणिज्य सचिव तर्फ दुर्गा प्रसाद फुयाल,उद्योग सचिवमा बलराम चौलागाई,प्रचार सचिवमा कपिल खडका, कोषाध्यक्षमा लक्षमी प्रसाद भट्टराई चुनावी मैदानमा रहेका छन् । यस प्यानलबाट सात सदस्यकालागी सिता चौधरी, पुष्प दाहाल, शुरेस चौधरी, ,सुरेनद्र श्रेष्ठ भोजे, बिरेन्द्र प्रसाद साह, रमेश कुमार चौधरी र शम्भु कुमार साह सदस्पदमा चुनावि प्रतिष्पर्धामा रहेका छन् ।
दुवै प्यानलले झुम्का बजार बिकास देखि लिएर ब्यापारीहरुको सुरक्षा सम्मको योजना अगाडी सारेका छन् । मतदान कार्यक्रम यहि फाल्गुन २० गते उधोग बाणिज्य संघको सभाहल झुम्केश्वर मन्दिरमा बिहान ८ बजे देखि सुरु हुने निर्वाचन समिति समयोजक ईश्वर घिमिेरले बताउनु भयो । मतदानमा सहभागी हुन ब्यापारीहरुले परिचयपत्र खुल्लनेगरी प्रमाण ल्याउनु पर्ने समेत निर्वाचन समितिले जनाएको छ ।