सुनिल चौधरी
झुम्का,फाल्गुन १९ । युवाहरुमा ब्यक्तित्व र नेतृत्व बिकासकालागी लियो क्लवमा आबद्धता सम्बन्धि झुम्कामा एक दिवसिय अभिमुखिकरण गरेको छ । बिश्वमै ठुलो संस्थाको रुपमा रहेको लायन्स क्लवले गठन गर्न सक्ने लियो क्लवमा सहभागी भएका युवाहरुको चौतर्फि बिकास भै नेतृत्व लिन सक्ने गुण बृद्धि हुने सहजकर्ताहरुले बताएका छन् ।

लायन्स क्लव अफ रामधुनीको अध्यक्ष हर्षलाल चौधरीको सभापतित्वमा भएको सो अभिमुखिकरणमा मल्टिपल ज्वाईन सेक्रेटरी बिशाखा झाँले लियो क्लव सम्बन्धि सहजिकरण गरेकी छन् । उपस्थित युवाहरुमा झाँले आफनो अनुभव सुनाउदै लियो क्लवमा आबद्ध भै सकेपछि आफुलाई समाजको अगाडी परिवर्तनका साथ प्रस्तुत हुन सकेको बताउदै यसबाट अरु सामु निडर भई खुलेर बोल्न सिकाएको बताएकी छन् । यस क्लवबाट साथीहरु संग चिनजान हुदा गार्जनको साथ बजार वा कुनै कार्यबिशेषले घरबाहिर जादा गार्जन अगाडी अरुले नमस्कार गर्दा आफु गौरावान्दित हुने फाईदा पाएको बताएकी छन् । लियो क्लव ईटहरीका अध्यक्ष नवराज खडकाले पनि आफनो अनुभव सुनाएका छन् । कुनै बैठक वा सभामा जादा सबैले बोलथ्यो तर म बोल्न नजानेर चुपलागेर बस्थे यस लियो क्लवमा आबद्ध भई आफुमा उर्जा थप्दै अहिले धेरै ठाउमा सहजीकरणकालागी सहजकर्ताको रुपमा बोलाउन थालेको बताएका छन् । त्यसैगरी सो अभिमुखिकरण कार्यक्रममा लायन्स प्रमुख बालकृष्ण साह लगायतका अतिथीहरुले लायन्स क्लव र लियो क्लवका बारेमा बताएका थिए । लियो क्लवमा १८ बर्ष उमेर देखि ३० बर्ष उमेरका युवाहरु आबद्ध हुने शाहले बताएका छन् । ३० बर्ष उमेरका भन्दा माथिकालाई लायन्सका अबद्धहुने बताएका छन् ।

बिशुद्ध समाजकालागी कामगर्ने सस्थाको रुपमा स्थापित भएको लायन्सकलव सबैलाई सम्मान ब्यवहार गर्न सिकाउने बिशेष उधेश्य रहेको रामधुनी लायन्सका अध्यक्ष हर्षलाल चौधरीले बताएका छन् । कार्यक्रममा करीब ५० जान युवाहरुको सहभागी रहेको थियो भने कार्यक्रम जेष्ठनागरीको सभाहलमा भएको अध्यक्ष चौधरीले रेडियो रामधुनीलाई जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen