सुनिल चौधरी
झुम्का,फाल्गुन १७ । प्रदेश १ मा बिभिन्न जातजातीले आफनो पहिचा झल्किने नाम हुनुपर्ने भन्दै प्रदेश प्रमुख तथा प्रदेश सभासदहरु समक्ष आधार सहित प्रस्तुत भईरहेका छन् भने थारु कल्याणकारी र थारु महिला सभा रामधुनीले केन्द्रियको निर्दैशनमा झाईल मृदङ्ग बजाउदै छन् । बिहिवार रामधुनी नगरपालीका आउनु भएका प्रदेश प्रमुख राईलाई वेवास्ता गर्दै होली पर्वको अवसरमा होली कार्यक्रम अयोजनागरी था.क.स. भवनमा झाईल मृदङ्ग बजाउदै होली गीत गाउदै रमाउँदै थिए ।
कार्यक्रममा थाकस केन्द्रिय सल्लाहकार रामराज चौधरी,थारु पत्रकार संघ केन्द्रिय सदस्य कुलदिप चौधरी,थाकस जिल्ला सचिव मनोज चौधरी,संकरलाल चौधरीको उपस्थिती रहेको थियो । बरिष्ठहरुको उपस्थिती भएपनि नगरवासीहरुको उपस्थिती १० जना भन्दा बढी थिएन । बिहान १० बजे भनेको कार्यक्रम १२ बजे न्युन उपस्थितीमै सञ्चालन भयो । रामधुनी नगरपालिकामा प्रदेश प्रमुखको आगमन भयो सबै जातजातीको भेष भुष सहित प्रस्तुत भए थारु बाहुल्य नगर थारु कहा गए मलाई जिज्ञासा उठ्यो एकै छिन् थाकस भवन पुगे हो रहेछ रंगलगाउदै मृदंग बजाउदै देखियो । होली हो मनाउनु पर्छ । यो पनि हेक्का राख्नु पर्छ “कुछ पाने केलिए खुछ खोना पडता है” ।
केहि दिन अगाडि किरात राई समुदायबाट थारु किरात कै अंश भनि सके त्यसैले प्रदेश १ किरातको नामबाट हुनु पर्ने प्रदेश प्रमुख समक्ष आधार प्रस्तुत गरी सकेका छन् तर यस प्रति थाकस मौन किन ? कसै सामु थारु जाति झुक्नु हुदै भन्ने पाखंण्डिहरुको भनाई पनि छ तर कुटनितिक तरीकाले पनि जानु अहिलेको अवस्था नितान्त आवश्यक्ता रहेको देखिन्छ । कार्यक्रम बिशेषले प्रदेश प्रमुखको रामधुनी आगमन हुदा थारु भेषभुषमा उपस्थिती जनाई रामधुनी नगरपालिकामा थारु बाहुल्यता देखाउनु पथ्र्यो तर त्यो नभई मनोरंजनकालागी लिप्त भए । मनोरंजन त, आज नभई भोली हुन्छन् नै, बिभिन्न कार्यक्रम आयोजनागरी मनाउदै आकै हो , पहिचान गुम्यो भने फर्काउन कतिको कठिनाई हुन्छन् भने ईतिहासले देखाकै हो यो सब सामु जग जाहै रै होला ।
छोटो सस्तो लोक प्रियताकालागी केहि ब्यक्ति र संस्थाले ईटहरी र रामधुनी नगरमा थारु भाषा कामकाजी भाषा हुनु पर्छ भन्ने बिना आधार माग राखेको गान गुन सुन्न पाईयो तर त्यो बिषलेशकहरुले युद्ध मा जादा बिना हतियार जानु र आत्म समपर्ण गर्नु जस्तै औल्याए । के थारु जहिलै आत्म सम्पर्णनै गरी रहनेकी ठोस आधार सहित प्रस्तुत हुने । थाकस गाउँ,नगर देखि जिल्ला सम्मको योजना बिहिन रहेको हुदा प्रदेश १ मा थारुको बलियो उपस्थिती देखाउन नकसनु कमजोरी रहेको छ । वास्तवमै अहिले सम्म पुर्वमा थाकसले ठोस योजना ल्याउन न सकेकाले कुनै त्यसतो कार्यक्रम पनि आयोजना गर्न सकेका छैनन् । एउटा उखान छ थारुमा “आपन माथा साहोर साहोर” अवश्य हो किन भने सुझाव दिईयो भने उल्टै नराम्रो हुने संस्कार बढेको छ । त्यसैले कसैलाई अर्ति उपदेश दिनु निकै गाह्रो भएर होला “आपन माथा साहोर साहोर” ।
थाकस नगरको अयोजनामा भएको सो होली कार्यक्रम बिशेष सुभकामना अदान प्रदान गरी थारुले मनाउदै आएको संस्कार अनुसार निरन्तरता दिनकालागी अध्यक्षले बताउनु भयो । अध्यक्ष चौधरीले सबैले सभ्य भब्य रुपमा मनाउन समेत सुभकामना दिनु भएको छ ।

