नविन चौधरी, झुम्का,
नेपालीहरुको महान चाँड होली पर्वको अवसरमा झुम्कामा आज थारु चलचित्र तथा साँस्कृतिक संघ ले होली विशेष कार्यक्रम होली हँगामा एक कार्यक्रम गरी मनाएको छ । थारु चलचित्र तथा साँस्कृतिक संघको आयोजनामा विविध कार्यक्रमहरु गरेर धुमधाम सँग नाचगान गरि मनाइएको हो । कार्यक्रममा थारु चलचित्र तथा साँस्कृतिक संघका कलाकारहरुले होली विशेष गीत संगितमा बेजोड नृत्य प्रस्तुत गरेका थिए त्यसैगरि मटकी फोर तथा कुखुरा चोर कार्यक्रमहरुको समेत आकर्षण रहेको थियो । कार्यक्रमलाई रामधुनी छापाखाना तथा द फ्रेन्डसीप युथ ग्रुप सुनसरी, जनसेवा युवा क्लव रामधुनी छ मैनी, परिहत किराना पसल तथा पोल्ट्री सप्लायर्स, थाकस गाँउ इकाइ समिति बक्लौरी, थारु महिला उत्थान समाज, रामधुनी नगर समिति लगायतले प्रायोजनगरि सहयोग गरेका थिए । मटकी फोर कार्यक्रममा जनसेवा युवाक्लव मैनी तथा रामधुनी छापाखाना झुम्का समुहले भाग लिएकोमा रामधुनी छापाखाना समुहले मटकी फोडी विजय हाँसिल गरेका थिए । त्यसैगरि कुखुरा चोर कार्यक्रम मा जनसेवा युवाक्लवले विजय हाँसिल गरेका थिए । मटकी तथा कुखुरा २५ फिटको उचाइमा राखिएको थियो । मटकी फोरमा सामुहिक रुपमा कुनैसाधन प्रयोग नगरि मानिसहरुको जिउमा घिउ दलेर चिप्लो बनाइएको हुन्छ र एक अर्काको सहयोग लिएर एकमाथि अर्को चढेर मटकी फुटाउनु पर्ने हुन्छ भने जसमा रामधुनी छापाखाना समहका समिर कुर्ता कलेक्सनका प्रोपराइटर नारायण चौधरीले मटकी फुटाएका थिए । कुखुरा चोर कार्यक्रममा घिउ दलिएको बाँसमा २५ फिट माथि राखिएको कुखुरा बाँस चढेर समाउनुपर्ने हुन्छ । जसमा जनसेवा युवा क्लव सफल भएको थियो । मटकी फोरकार्यक्रममा विजेता लाई नगद रु १००५ रकम उपलब्ध गराएको थियो ।
कार्यक्रममा प्र. अतिथि रामधुनी नगरका नम्वर १का वडाध्यक्ष महेश कुमार चौधरी रहनुभएको थियो । त्यसैगरि अतिथिहरुमा थरु चलचित्र संघका केन्द्रिय अध्यक्ष प्रशुराम चौधरी, थाकस कानुनी सल्लाहकार तथा कानुन व्यवसायी रामराज चौधरी, आदिवासी जनजाति संघका रामधुनी नगर अध्यक्ष राजकुमार चौधरी, थाकस गाँउ एकाइ समितिका अध्यक्ष विजय कुमार चौधरी, थारु महिला उत्थान समाजका अध्यक्ष सिता चौधरी, स्थानिय बुद्धि जिवी, समाजसेवी, कलाकारहरु, चिमरी हकपारा मोरङका कलाकारहरु जयप्रकास चौधरी, श्रीराम ठाकुर, नृत्य निर्देशक रञ्जीत चौधरी, सरोज चौधरी, आर सी चौधरी लगायतका कलाकार हरुको उपस्थिति तथा प्रस्तुती रहेको थियो । अतिथिहरुले नगरबासीहरुलाई होली पर्वको शुभकामना दिदैं होली पर्व सभ्य र भव्य तरिकाले मनाउन, कसैलाई जवरजस्ती रंग अविर नदलेर सौहार्दपुर्ण वातावरणमा मनाउन सन्देस दिनुभएको थियो ।
कार्यक्रमको सभापतित्व थारु चलचित्र तथा साँस्कृतिक संघ जिल्ला अध्यक्ष जानकी चौधरीले गर्नुभएको थियो, कार्यक्रम संचालन संस्थाका सदस्य तथा रामधुनी छापाखानाका कोषाध्यक्ष सुनिल चौधरीले गर्नुभएको थियो, स्वागत मन्तव्य संस्थाका सह सचिव तथा रामधुनी छापाखानाका अध्यक्ष दिनेश चौधरीले गर्नुभएको थियो त्यसैगरि कार्यक्रमको संयोजक्त्व संस्थाका उपाध्यक्ष जनक चौधरीले गर्नुभएको थियो।