सुनिल चौधरी
झुम्का । ईटहरी १६ उब्धिटोलको अल्पसंख्यक दलित मुसहर बस्तिमा रिलिफ नेपाल फाउण्डेशनले २ थान ट्युवेल बितरण गरेको छ । खानेपानीको अभावमा मुसहर बस्तिका ३० घरपरिवारले बस्ति भन्दा टाढाबाट पानी ल्याउनु पर्ने बाध्यता हटेको छ । ट्युवेल सहित पानी निकाल्ने सम्मको सम्पुर्ण खर्च ब्यहोरने समेतको सहयोगले उनीहरुलाई घर अगाडिनै ट्युवेल भएपछि हर्षित भएका छन् ।
फाउण्डेशन संस्थाका अध्यक्ष रबिना खातुनले स्वच्छ खानेपानि उपलब्ध गराउने उधेश्यले अल्पसंख्यक,दलित गरीब परिवारलाई ट्युवेल बितरण गरेको बताएकी छन् । बस्तिमा खानेपानीको सुबिधा भएपछि पानी स्वच्छ बनाई पिउने स्थानिय ऋिसिदेवहरुले बताएका छन् । सो दुई ठाउँमा बन्ने ट्युवेलले करिब एक सय परिवार लाभान्वित हुने अध्यक्ष खातुनले बताईन् । गरीब आर्थिक कमजोर परिवारका सदस्यहरुलाई सरसफाई,सिपबिकास तालिमहरु समेत दिई स्वरोजगार बनाउने संस्थाको योजना रहेको अध्यक्ष खातुनले जानकारी दिएकी छन् । संस्थाले अतिबिपन्न परिवारको सहयोगकालागी स्वस्थय शिविर समेत सञ्चालन गर्ने जनाएको छ ।