सुनिल चौधरी
झुम्का,फाल्गुन १६ । ब्यापार र ब्यवसायीहरुलाई सुरक्षाको प्रत्याभुती दिलाउनसके रामधुनीमा रहेको बजार सहरको रुपमा परिणत हुने बिचार सफल ब्यवसायी तथा झुम्का उद्योग बाणिज्य संघको निर्वाचनका प्रत्यासि उमेदवार भरत कार्कीको ,‘उद्योग सचिवमा उमेदवारी रहेको छ । ब्यपारीहरुको पक्षमा हकहित र अधिकारका कुराहरुमा निति नियम बनाई सहज बतावरणमा ब्यापार गर्न पाउनु पर्छ भन्ने पक्षमा उहाँ बिचार राख्नु भएको हो । सबै ब्यापारीले स्वचछ ढंगले ब्यापार गर्न पाउनु पर्छ भन्ने मान्यता कार्कीको रहेको छ । उधोगी,ब्यापारी,ब्यवसायी सुरक्षित भए मात्र रामधुनीको वा कुनै ठाउँ बिकासको उचाईमा पुग्ने मान्यता रहेको छ कार्कीको ।
झुम्का उद्योग बाणिज्य संघको यहि आउदो फाल्गुन २० गते हुने निर्वाचनमा सफल ब्यवसायी भरत कार्की उद्योग सचिवमा प्रत्यासी उमेदवार हुन् । संघको हुन गईरहेको निर्वाचनमा उद्योग सचिवमा उमेदवारी दिएका कार्कीले सबै उधोगी,ब्यापारीहरुमा मतकालागी अनुरोध गरेका छन् । मतलेनै जितको सुनिश्चित भएकाले सबै संग अनुरोध गरेका हुन् ।
कार्की निष्ठावान,नरम स्वभावका,सबै संग ब्यवहारमा तलमाथि नगर्ने,सम्मान दृष्टिले स्वच्छ भावनाका साथ मित्रता राख्ने र कसै संग रिस राग पटकै नराख्ने ब्यवहारका एक सफल ब्यवसायीको रुपमा परिचित भएका हुन् । यसै स्वभावले साकारात्मक रुपमा ब्यापार ब्यवसायमा कार्की सफल हुदै पाँच ओटा फर्म दर्ता गरी रोजगारको अवसर सिर्जना गरेका हुन् ।
रामधुनी वडा नं. ५ का स्थानियवासी भएर होला पनि रामधुनीलाई बिकासोन्मुख सहरको रुपमा लान झुम्का बजारमा उत्तम पोल्ट्री सप्लायर्स खोलेर ब्यापार सुरु गर्नु भयो । पोल्ट्री सप्लायर्सको सफलता पश्चात कान्छि चौकमा सुनसरी एग्रो फर्म प्रालि सञ्चालनमा ल्याएर सोहि स्थानमा महिमा डिपार्टमेन्ट स्टोर खोलेर झनै सफलता पाउनु भएको छ । जहा तत्कालै बजारको सम्भावना थिएन त्याहा जोखिम उठाएर डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएर बजार बिस्तारमा सहयोग र योग्दान रहेको छ । यतीमात्र हैन पशु पक्षिको दाना उत्पादनकालागी कोशी फिड्स प्रालि र उपहार फिड्स प्रालि सञ्चालनमा ल्याउने तयारी मा रहेका छन् । त्यस उद्योगबाट दुई सय जनाले रोजगारी पाउने समेत सिर्जना हुने छ । ब्यवसायी चरण चरण पार गर्दै सफलता हासिल गर्ने अनुरुपनै कार्की अगाडी बढि रहेका छन् । झुम्का बजार सहित गाउँ गाउँमा रहेका ब्यवसायीहरु एक जुट भए ब्यापारीहरुको अधिकार स्थापितगरी ब्यपार र ब्यापारी संरक्षणमा आफुलागी पर्ने सोचमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen