सुनिल चौधरी
झुम्का,फाल्गुन १६ । बिभिन्न कार्यक्रम तथा महोत्सव आयोजना गरी महिला नेतृमा परिचय बनाएकी रामधुनी वडा नं. १ झुम्काकी स्थानियवासी सिता चौधरी थरुनी झुम्का उद्योग बाणिज्य संघको सदस्य पदमा उमेदवारी दिएकी छन् । रामधुनी नगर क्षेत्र भित्रका ब्यापार ब्यवसाय प्रवद्धन गर्न चौधरी आफनो नेतृत्वमा महोत्सवको आयोजनागरी नगरलाईनै परिचय गराउदै पर्यटक भित्र्याउन भुमिका खेलेकी थिईन् । सो महोत्सवबाट ब्यापरीहरुलाई ब्यापारमा सहयोग समेत पुगेको थियो ।
संघको यही फाल्गुन २० गते हुने निर्वाचनमा ब्यापारी समेत रेहकी चौधरी सदस्यमा उमेदवारी दिदै मतकालागी सम्पुर्ण उधोगी ब्यापारीहरुमा अनुरोध गरेकी हुन् । संर्घषशिल महिलाको रुपमा अगाडी बढिरहेकी महिला नेतृ चौधरी रामधुनी नगर अन्तर्गत रहेका हरेक ब्यापार,ब्यसायीको हकहितकालागी अगामी दिनमा रचनात्मक काम गर्ने प्रतिबद्धता जनाएकी छन् । ब्यवसायीहरुको छाता संगठन यस संघमा निर्वाचित भए ब्यापारी बर्गमा कोही कतैबाट समस्य आईपरे आफु त्यसकालागी पछि नहटने बताकी छन् । संगठन भनेको सामुहिक बलहो भन्दै यसमा आबद्ध रहेर ब्यापारीहरुको हकमा कार्य गर्न तयार रहेकी बताईन् ।
ब्यवसायको लगानीमा परिवर्त चाहेको भन्दै रामधुनीका बजार क्षेत्रहरुलाई ब्यवस्थिबनाई यहाँ सेवाग्राही तथा पर्यटकहरुलाई ल्याउन सके ब्यापारीहरुलाई ठुलो फाईदा हुने बताउछिन् । तर यस्कालागी उधोगी ब्यापारीको हकमा निति नियम निर्माणगरी बयवस्थित हुनु आवश्यक औल्याकी छन् । महिला हकहितकालागी संघर्ष गदै आएकी अबका दिनमा यो संघर्षलाई साथै लिएर ब्यपारीहरुको हितमा कामगर्ने समेत अवसर आएको बताउछिन् । सबै ब्यापारीलाई सम्मान हक स्थापित हुनु जुरुरी रहेकाले पक्ष बिपक्ष, गुट उपगुट नभई संघमा स्वच्छ ढंगले लागनु पर्ने समेत बताएकी छन् । जो जितेपनि उधोगी ब्यापारीकै जितहुने भन्दै सबै मिलेर अगाडी बढनु पर्ने अवस्था समेत बताएकी छन् ।
ब्यापारी ब्यवसायीको हकहितमा काम गर्ने उधोग बाणिज्यसंघको निर्वाचन हुदै छ अबका दिनमा कार्य समितिमा संघर्षसिल नेतृत्व दायी भुमिका खेलि रहेका महिला खाचो रहेको समेत बुद्धिजिविहरुले निर्वाचनलाई मध्यनजर गर्दै हेरीरहेका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen