सुनिल चौधरी
झुम्का । रंगहरुको पर्व होली नजिकिए संगै झुम्का उद्योग बाणिज्य संघमा ब्यवसायीहरुको निर्वाचनको चट्टारो बढेको छ । निर्वाचन समितिले निकालेको निर्वाचन तालिका अनुसार फाल्गुन १५ गते उमेदवारहरुले मनोनयन दर्ता गरेका छन् । संघको कार्य समितिमा ३ बर्षकालागी अध्यक्ष १,प्रथम उपाध्यक्ष १,द्धितिय उपाध्यक्ष १,महासचिव १,बाणिज्य सचिव १,उधोग सचिव १,प्रचार सचिव १,कोषध्यक्ष १, सदस्य ७ जनाकालागी ३२ जनाको उमेदवारी परेको निर्वाचन समिति संयोजक ईश्वर घिमिरेले जानकारी दिनु भएको छ । दता भएका उमेदवारीको आज बुधवार दावी बिरोध उपर जाँच बुधm तथा उमेदवारको संसोधित नामावली प्रकाशन,दर्ता फिर्ता र उमेदवारको अनितम नामावली प्रकाश गर्ने निर्वाचन कार्यसमिति संयोजक घिमिरेले बताउनु भयो ।
उमेदवारको पहिलो नामावली प्रकाशन अनुसार अध्यक्ष पदकालागी धमेन्द्र प्रसाद साह र भोला प्रसाद साह रौनियारको उमेदवारी परेको छ । प्रथम उपाध्यक्ष तर्फको पदमा सुजित कुमार राय र दुर्गानन्द शर्माको छन् भने द्धितिय उपाध्यक्षमा सतेन्द्र न्यौपाने र हरिबहादुर कार्कीको उमेदवारी दर्ता भएको छ । महा सचिवमा सन्दिप गौतम र नबिन कुमार चौधरीको नाम उमेदवारको नामावली दर्ता भएको हो । त्यसैगरी बाणिज्य सचिव तर्फ प्रकास बन्धु बस्नेत र दुर्गा प्रसाद फुयालको उमेदवारी नामावलीमा रहेको छ । उद्योग सचिवमा भरत कार्की र बलराम चौलागाईको उमेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । प्रचार सचिवमा तिन जनाको उमेदवारी रहेको छ । जस्मा चित्र बहादुर कार्की, लेखनाथ बास्तोला भोला र कपिल खडकाको नामावलीमा रहेको छ । कोषाध्यक्षमा डिल्ली राम गुरागाई र लक्षमी प्रसाद भट्टराईको नाम उमेदवारहरुको पहिलो नामावलीमा प्रकाशन भएको जनाएको छ । ७ सदस्यकालागी सिता चौधरी,बबिता घिमिरे,संगीता साह,बिषणु लिम्बु,दिनेश कुमार चैधरी,कमल कुमार साह,फ्रष्ट नारायण रौनियार,ईश्वरलाल चौधरी, मोहनलाल चौधरी,पुष्प दाहाल, बिरेन्द्र प्रसाद साह,शुरेस चौधरी,सुरेनद्र श्रेष्ठ भोजे रमेश कुमार चौधरी र शम्भु कुमार साहको उमेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen