सुनिल चौधरी
रामधुनी (झुम्का) फाल्गुन १५ । रामधुनी नगरपालिकाको योजना अनुरुप बालमैत्रि स्थानिय शासन कार्यन्वयन गर्दै वडा नं. १ लाई बालमैत्रि बनाउन सोमवार सम्बन्धित संस्था ,बिध्यालय र संगठनहरुको प्रतिनिधि बिच नगरपालिकाले अभिमुखि करण गरेको छ । वडा अध्यक्ष महेश चौधरीको सभापतित्वमा भएको सो अभिमुखिकरणमा बाल अधिकारमा आधारित बालमैत्रि स्थानिय शासनसम्बन्धि न्युनत्तम सुचकहरुको बारेमा जानकारी दिएको छ ।
रामधुनी नगरपालिकाको अयोजनामा जेष्ठनागरीको भवनमा भएको उक्त अभिमुखिकरणमा नयाँ कार्यकारी अधिकृत रुपमा आउनु भएका पुष्कर भटराईले बालबालिका भबिषयका उत्तराधिकारी भएकाले अभिभावक सचेत हुनु जरुरी रहनु पर्ने बताउनु भयो । स्थानिय निकायबबाट गर्ने सहयोगको कुनै कमि नहुने सो प्रतिबद्धता जनाउदै नगरलाई समृद्धि बनाउने बताउनु भयो । वडा अध्यक्ष महेश चौधरीको अध्यक्षतामा १३ सदस्य समितिको ‘बालमैत्री स्थानिय शासन वडा समन्वय समिति’ गठन भएको छ । सो सदस्यबाट एक जना संयोजक र सचिव रहनेगरी ‘वाल संरक्षण वडा समिति’ गठन हुने नगरपालिकाका योजना शाखा प्रमुख हर्षलाल चौधरीले जानकारी दिनु भएको छ । बालबालिकाको अधिकारको बारेमा युथक्रिएशनका राजु शाहले सहजिकरण गर्दै बालमैत्रि घोषणाको चरणहरुको बारेमा प्रष्टयाएका थिए । महिला वडा सदस्य उमा थरुनीले सबैलाई स्वागत गरेको कार्यक्रममा निबर्तमान अधिकृत सुर्यप्रसाद गौतमको पनि उपस्थिती रहेको थियो । त्यसैगरी कार्यक्रममा टोल बिकास संस्था,स्वथ्य स्वयम सेविका,बिधयालयका प्रतिनिधि,थारु महिला उत्थान समाज रामधुनीका प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भएको छ ।

   

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen