सुनिल चौधरी
रामधुनी(झुम्का) फाल्गुन १४ । रामधुनी नगरपालिकामा अधिकृत बिहिन एक महिना पछि नयाँ कार्यकारीको रुपममा पुष्कर पुष्कर भट्टराई आउनु भएको छ । नगरपालिकामा उहाँ कार्यभार समहाल्दै आफनो कार्यकाल सम्म रामधुनी नगरलाई समृद्धि बनाउने तर्फ जोड रहने बतादै फाल्गुन १३ गतेबाट पदभार ग्रहण गर्नु भएको हो ।
अधिकृत भट्टराई उदयपुरको बेलका नगरपालिकाबाट सुरुवा भई आउनु भएको हो । उहाँको स्थाई बसोवास ओखलढुंगा रहेको छ । वडा नं. १ लाई बालमैत्रि स्थानिय शासन अभिमुखिकरण कार्यक्रममा बर्तमान अधिकृत भट्टराई बोल्दै स्थानिय तहलाई मात्रै जिम्मेवारी हो भन्नु भन्दा पनि स्थानिय नगरवासीहरुले आफनो तर्फबाट आफ्नै ठाउँकोलागी के गर्न सक्छु तर्फको बिशेष भुमिका रहनु पर्ने बताउनु भएको छ । समृदि बनाउनु स्थानियको ठुलो भुमिका रहने हुने भन्दै सबै सरोकारवला,नगरवासिहरु संग समन्बयगरी अगाडि बढने बताउनु भयो । यसैगरी सोहि कार्यक्रममा निबर्तमान अधिकृत सुर्य प्रसाद गौतमको पनि उपस्थिती रहेको थियो । गौतम प्रदेश नं. १ को भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा बढुवा हुनु भएको छ । निबर्तमान अधिकृत गौतम भने माघ १४ गते नै सरुवा भई सकनु भएको थियो । अभिमुखिकरणमा उपस्थित गौतमले नगरलाई समृद्धि बनाए वा स्थानियकोलागी काम गरे भन्नु भन्दा पनि राजनितिक अवस्थाको बारेमा बोल्नु भयो । गौतमका अनुसार रामधुनी नगरपालिकामा बसेर स्थानिय तह,प्रदेश र प्रतिनिधि सभाको चुनावको अनुभव बटुल्न पाएको सो कुरा बताउनु भएको छ । उहाँ आफै सहायक निर्वाचन अधिकृत बसेर चुनाव उतार चढाउ हेरेको भन्ने कुरा कथा भने जस्तै सुनाउनु भयो । नगरवासीको चहना के थियो त्यसलाई कसरी बुझे र सामाधान प्रकृया कसरी गरे भन्ने कुरा उहाँलाई जानकारी नभएको जस्तै कुरा प्रष्ट्याउनु भयो । अभिमुखिकरण कार्यक्रममा वडा सदस्य,टोलबिकास संस्था,बिध्यालय,स्वथ्य स्वयम सेविका,थारु महिला उत्थान समाज रामधुनीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen